रुकुम पूर्वमा: ३६ वर्षिया महिलाको कानमा लगाएको गहना लुटि दुई जना फरार

सल्यानपरिवेश संवाददाता , ५५५८  पटक हेरिएको

रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-१४ मा एक महिलामाथि लुटपाट भएको छ । बुधवार राती कोल गाउँ निवासी ३६ वर्षिया हिरादेवी घर्तीमाथि लुटपाट भएको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भूपेन्द्र बुढाले जानकारी दिए ।

गाउँमा सञ्चार सुविधा नभएको र आज घटनाको जानकारी पाए लगत्तै प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतका निकायलाई जानकारी गराएको समेत उनले बताए । घरमा एक्कै सुतिरहेको अवस्थामा हतियार (चक्कु) देखाउँदै घरभित्र पसेका दुई जनाले घर्तीको कानमा लगाएको सुनको कान बाली लुटेर लिएको बताइएको छ ।

ज्यान माथि समेत आक्रमण हुने डरले चिच्याएपछि लुटेराहरू भागेको पीडित घर्तीले उल्लेख गरे । उनले आफ्नो दुवै काम च्यातेर दुई तोलाको कान बाली लुटेको लिएको बताए । कोही कसैले पत्ता लगाएर सुन फिर्ता गरिदिन समेत उनले हारगुहार मागेकी छन् ।

यस घटनाको विषयमा पीडित घर्तीका श्रीमान् विक्रम घर्तीले अस्थायी प्रहरी पोस्ट कोलमा निवेदन दिएकी छन् । उनले घरमा एक्लै भएको मौका पारेर आएका लुटेराहरू यथाशक्य पत्ता लगाई कानुनी कारबाही गर्न माग गरेकी छन् ।

प्रकाशित मिति: २०२३-०८-३१ , समय : १९:४४:०९ , ४ हप्ता अगाडि