Roshan Pokharel , २५५८ पटक हेरिएको

नेपाली आधुनिक प्रेमिल गीत मन पराउनु हुने स्रोता तथा दर्शकको लागि आज २० भाद्र २०८० कृष्ण जन्माष्टमीको अवसर पारेर अत्यन्तै मिठो गीतको म्युजिक भिडियो सार्वजनिक हुँदैछ।
गीतकार चन्द्रलाल तामाङको शब्द, मित्र के.सी. को संगीत, डा.शैलेशकुमार मिश्र तथा प्रेक्षा लम्सालको आवाज, विशाल निरौलाको एरेञ्जिङ तथा रन्जन राईको रेकर्डिङ्ग र मिक्सिङ्ग रहेको गीत अलंकार रेकर्डिङ्ग स्टुडियो अनामनगरमा रेकर्ड भएको हो।
Focus Phoenix Production को प्रतुति रहेको भिडियोको निर्माण तथा निर्देशन राजाराम शिमखडाले गरेका छन् भने पुस्कर साउद र अञ्जली खड्गीको अभिनय रहेको छ। शैपाल प्रोडक्सन अनामनगरमा सम्पादित भिडियोको सम्पादन राज धामीले गरेको हुन् भने क्यामेरा विशाल गोङ्बाको र सहकार्य कविता तोलांगीको रहेको निर्माण पक्षले जानकारी दिएको छ।
प्रकाशित मिति: २०२३-०९-०६ , समय : ०८:३२:०६ , ३ हप्ता अगाडि