कपुरकोट गा.पा. ३ दमारखोलाको लाखे नाँच समापन, यो बर्ष देखि केटि पनि नाचे हेर्नुस भिडियो सहित

तुला राम डाँगी क्षेत्रि , ४२०७  पटक हेरिएको

सल्यान / भदौ – २३

सल्यानको कपुरकोट गा.पा. ३ दमारखोलाले लाखे नाँचको समापन गरेको छ ।  हराउँदै गएको लाखे नाँचको संरक्षणमा जुटेका दमारखोलाका युवाहरुले भदौ २२ गते शुक्रबार कालिका मा.बि.को प्रांगणमा लाखे  नाँचको समापन गरेका छन् ।

लाखे नाचमा हरियाली आमा समुहले पनि साथ दिएको र केटि हरुपनि नाच्नु पर्छ भन्ने उद्धेस्यका साथ् उनीहरुलाई यो बर्ष देखि लाखे नाच सिकाइएको वडा न.३ का वडा अध्यक्ष प्रदिप खड्काले बताउनु भयो ।


कपुरकोट -३ मा रहेको कालिका मा.बि.स्कुलको प्रांगणमा  लाखे मेला प्रदर्शन भएको हो । लाखे समापन मेलामा भोटे जात्रा, गाइजात्रा, लाखे नाँच, ढोटा नाँच प्रस्तुत गरिएको विगत लामो समयदेखि चल्दै आएको यो पर्वमा हरेक वर्ष नाच्दै आएका अध्यक्ष प्रदिप खड्काले बताउनु भयो ।

यो बर्ष त्यति धेरै न नाचेपनि झन्डै एक लाख रु. नगत रकम लाखे बाट जम्मा भएको छ । उक्त जम्मा भएको पैसाले यहि २४ गते आइतबारका दिन कपुरकोट ३ दमारखोलामा भोज कार्यक्रम रहेको अध्यक्ष प्रदिप खड्काले बताउनु भयो । बचेको पैसा कोषमा जम्मा गर्ने र केहि पैसा चाहि सामाजिक कार्यमा लगाउने उहाले बताउनु भयो ।


कृष्णलाई मार्नका लागि कंसले बहिनि पुतनालाई प्रयोग गरेको र पुतानाको मृत्यूको कामना गर्दै राक्षेसको स्वरुपमा नागपंचमीको दिन देखि पुतानाको मृत्यूको कामना गर्दै नाचिएको लाखे नाच ऋषि पंचमिको दिन पुतनाको मृत्यू भएको सम्झनामा लाके बिसर्जन गर्ने परम्परा छ । तर सल्यानको कपुरकोटमा भने कृष्ण जन्माष्टमीको पर्सि पल्ट अर्थात नवमीका दिन बिसर्जन गर्ने चलन छ।

मेलामा भोटे जात्रा, गाइजात्रा, लाखे नाँच, ढोटा नाँच प्रस्तुत गरिएको भिडियो तल छ हेर्न सक्नुहुने छ |




प्रकाशित मिति: २०२३-०९-०९ , समय : ०४:५९:०३ , ३ हप्ता अगाडि