कपुरकोट गा.पा. भित्रका बिधुत प्राधिकरणका कर्मचारी कसको निर्देशनमा चल्दै छन् ? सेवाग्राही माथि अपशब्द

तत्काल जिल्ला विद्युत कार्यालय सल्यानले कारवाही नगरेको खण्डमा कपुरकोट गाउपालिका भित्रका कर्मचारीहरु बिरुद्ध  ३ नं. वडा का नागरिक सडकमा उत्रिने |

तुला राम डाँगी क्षेत्रि  , ७९९८  पटक हेरिएको

सल्यान / भदौ, २४ – सल्यानको कपुरकोटमा रहेका बिधुत प्राधिकरण हरुको हेलचक्र्याईका कारण सेवाग्राहीहरुले सास्ती भोगिरहेका छन् |

कपुरकोट स्थित मेन बजारमा ११०० के.बी. चल्ने लाइनको तार अनि पोलहरु जिर्ण अवस्थामा रहेको र पटक पटक मर्मत सम्भारका लागि खबरदारी गर्दापनि विद्युत प्राधिकरणका कर्मचारीहरुले अटेरी गरेको स्थानीयहरुले बताएका छन् |


कपुरकोट गा.पा.३ स्थित कटौजेरी टोलमा एक घरमा दुइ महिना सम्म पनि मिटरमा लाइन नगएको र पटक पटक फोन गर्दा पनि अटेरी गरेको र सेवाग्राहीहरुले फोन गर्दा विद्युत प्राधिकरणका कर्मचारी डिल्ली खरेल र ठाकुरले आमा गालि सहित अभद्र सैलिमा उत्रिने गरेको त्यहाका सेवाग्राहीले बताएका छन् |

कपुरकोट गा.पा.३ स्थित जोगी डाँडामा पोल गाडेको ३ बर्ष भइसक्दा पनि अहिले सम्म त्यो बस्तीमा लाइन नपुगेको र पटक पटक भन्दापनि सुनुवाई नभएको बस्तीका बासिन्दाहरु बताउछन | ३ न. वडा बाट सिफारिस लिएर जानुस् भनि डिल्ली खरेलले भनेपछि स्वयम् ३ न. वडा अध्यक्ष प्रदिप खड्का जादा पनि सुनुवाई नभएको बताउनु भयो |


यस्तै गरि अर्को समस्या कपुरकोट गा.पा. स्थित सिमिनी टोलमा पनि जिर्ण अबस्थामा रहेका काठका पोल नजिक फलामका पोल गाडिएको र काठका पोल बाट फलामको पोलमा तारा लाइन नसारिदिएको र त्यहाँ पनि बारम्बार खबरदारी गर्दा कुनै सुनुवाई नभएको जानकारी दिनुभयो |


दक्षिण कालिका मन्दिर छेउमै रहेको पोलमा रहेको तार होचो अबस्था रहेको हुदा त्यस स्थानमा पुजापाठको लागि मानिसहरु आवतजावत गरिरहने र चाड पर्व नजिकिदै गर्दा हरेक समय कार्यक्रमहरु हुने भएकाले स्थानीय लगायत स्वयम् ३ न. वडाका अध्यक्ष प्रदिप खड्काले जानकारी गराउदा पनि कुनै सुनुवाई भएन |

समस्या कपुरकोट गा.पा. ३ पाखापानी र थापा टोलमा पनि बिजुलीको तार जमिनमै लत्रिएको अबस्थामा छ । त्यहाँ पनि कुनै सुनुवाई नै भएको छैन | कपुरकोट गा.पा. ३ मुलपानीमा पनि त्यस्तै जिर्ण अवस्थामा रहेको लाइन र पोलहरु छन् । कपुरकोट गा.पा. ३ सागिने गैरामा पनि त्यस्तै खालको समस्या रहेको छ । त्यहाको लागि पनि मर्मत सम्भारका लागि खबरदारी नगरेको त हैन तर आज सम्म कुनै सुनुवाई नै भएको छैन |


विद्युत प्राधिकरणका कर्मचारी डिल्ली खरेल र ठाकुरले आफ्नो मनमर्जिका भरमा सेवाग्राहीहरूसंग पैसा असुल्ने गरेको सेवाग्राहीहरुको गुनासो रहेको छ | कपुरकोट गा.पा. ३ दमारखोला स्थित तुला राम डाँगी क्षेत्रिको घरमा मिटर बक्स खोलेर हेरेको मात्र रु.५०० लिएको र दमारखोला स्थित निम ब बिक को घरमा मिटर बक्स एक घर बाट अर्को घरमा सारेको मात्रै पनि रु. २५०० लिएको बताएका छन् |

   -यी कर्मचारीहरु कसको निर्देशनमा चलिरहेका छन् ?
   -कहाँ छ यतिबेला गाउपालिका ?
   -केको लागि हो पालिका बनाएको ?
  -पालिकाले हेर्नु पर्छ कि पर्दैन ?
  -कुन वडामा कति पोल ?
यतिबेला यस्तै जिज्ञासा् स्थानीयहरुले गरिरहेका छन् ।

वडा नं. १ मा १८४ पोल, वडा नं. २ मा १२५ पोल, वडा नं. ४ मा १६७ पोल, वडा नं. ५ मा १५७ पोल, वडा नं. ६ मा १९७ पोल सर्वे हुँदा वडा नं. ३ मा जम्मा ९५ पोल को सर्वे किन गरियो ? र यति सर्वे हुँदासम्म डिल्ली खरेल र ठाकुर लगायत अन्यले ३ नं. वडाका जनप्रतिनिधिलाई कुनै जानकारी नदिएरै सर्वे गरेको ३ न. वडा अध्यक्षले बताउनु भयो |

पोलको संख्या कम राखी वडा नं. ३ का वडा अध्यक्ष र जनप्रतिनिधि, वडाबासी नागरिकहरु बीच द्वन्द बढाउने काम गरेको र विद्युत प्राधिकरणबाट वडा नं. ३ लाइ उपलब्ध भएका मर्मतका पोलहरु अनिबार्य अनि आवस्यक ठाउँहरुमा मर्मत नगरी आफूखुशी वितरण गरेको विद्युत प्राधिकरणको सम्बन्धित गाउँपालिकाको इन्चार्जले दिएको निर्देशनलाइ समेत अटेर गरेको विद्युत सम्बन्धि सम्पूर्ण समस्याहरुलाई तोडमोड गरेको ठाउँ ठाउँमा मिटर रिडिङ्ग गर्न नपुगेको र हचुवाको भरमा मिटर युनिट टिप्ने गरेको सेवाग्राहीको बिल सोचे भन्दा बढी रकम आउदा समेत त्यहीँ विद्युत प्राधिकरणका कर्मचारीहरु मिटरको रेखदेख गर्न नगएको गुनासो रहेको वडा अध्यक्ष लगायत स्थानीयहरु सल्यान परिवेशलाई जानकारी गराए |

जथाभावी लत्रिएका तार हरु र जिर्ण अबस्थामा रहेका पोल हरुको ब्यबस्था गरिदिनु पर्यो  विद्युत प्राधिकरणको जिल्ला प्रमुखले भनेको कुरा किन अटेर गर्नुहुन्छ भनि स्वयम् ३ नं. वडा अध्यक्ष प्रदिप खड्काले प्रश्न गर्दा जिल्लाको हाकिम को हो र ? हाकिमले भनेर हुन्छ ? हाकिमले गर्ने हो र काम ? भनि जवाफ दिएका छन् डिल्ली खरेल र ठाकुर ले |

यस्ता हर्कत गर्ने कपुरकोट गाउँपालिका भित्रका विद्युत प्राधिकरणका कर्मचारीलाइ जिल्ला विद्युत कार्यालय सल्यानले कारवाही गर्ने कि नगर्ने ? यदि समय मै कार्वाही नगरेको खण्डमा कपुरकोट गाउपालिका भित्रका कर्मचारीहरु बिरुद्ध  ३ नं. वडा का नागरिक सडकमा उत्रिने बताएका छन् |



लाखे मेलामा भोटे जात्रा, गाइजात्रा, लाखे नाँच, ढोटा नाँच प्रस्तुत गरिएको भिडियो तल छ हेर्न सक्नुहुने छ |

प्रकाशित मिति: २०२३-०९-१० , समय : १२:३३:५५ , ३ हप्ता अगाडि