सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

Salyan Paribesh , ६३३  पटक हेरिएको

१०-फागुन/ नेपाली बजारमा सुनको मूल्य पछिल्लो १५ महिनायताकै महंगो भएको छ । मंगलबार तोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको छ । जुन मूल्य गत वर्ष कात्तिक २४ गते पछिको सबै भन्दा उच्च मूल्य रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तेजावी सुनको खरिद बिक्री मूल्य ९६ हजार पाँच सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँ पुगेको छ । सोमबार प्रतितोला १३ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो । २४ कात्तिक २०७७ मा सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २०२२-०२-२२ , समय : १८:२५:३६ , १२ महिना अगाडि