दिल बिक्रम शाही , ७०३४ पटक हेरिएको

भदौ २५ सल्यान । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा तिज का गित संगितले यति खेर बजार तिजमय बनाएका छन् । टिकटक देखि युटुब सम्म तिजको माहुल बनेको छ । यसै क्रममा नरेन्द्र सर्गम को तिज कोशेली आहा राम्री छौँ को भिडिओ सार्वजनिक भएको छ ।
सुर्खेती गायक सर्गमले गत बर्ष जस्तै यो बर्ष पनि तिज गित बजारमा ल्याएका छन् । गितमा नरेन्द्र सर्गम र सिमा नेपालिले आवाज दिएका छन् । गितको शब्द सिर्जना अनिश दवाडीले गरेका छन् भने संगित दल बहादुर बुढाले गरेका हुन ।
गितको म्युजिक एरेन्ज महेन्द्र भण्डारीले गरेका छन । रेकर्डिङ गोबिन्द वलि र मिक्सिङ्ग सन्जय सिर्पालले गरेको गितलाई मुर्चुङ्गा रेकर्डिङ स्टुडियोमा निर्माण गरिएको छ ।
दिपक अधिकारीको उत्कृष्ट निर्देशन दिपक अधिकारी , कल्पना मयल , सुपृमा सुनुवार , सुलभ लामा र एभन तामाङ लगायतको नृत्य रहेको देख्न सकिन्छ । भिडिओ सम्पादक अर्जुन खड्काले गरेका हुन् । भिडिओ सिङ्गर पदम बि क युटुब च्यानल बाट सार्वजनिक भएको छ ।
भिडिओ हेर्न:-
प्रकाशित मिति: २०२३-०९-११ , समय : ०८:३६:३० , २ हप्ता अगाडि