नेपालगञ्ज विमानस्थलबाट पक्राऊ परेका सापकोटालाई थप अनुसन्धानका लागि काठमाडौं पठाइयो

सल्यानपरिवेश संवाददाता , १००८३  पटक हेरिएको

काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट अवैध २६ लाख रुपैयाँ सहित पक्राऊ परेका कर अधिकृत सापकोटालाई थप अनुसन्धानका लागि काठमाडौं पठाइएको छ ।

मंगलबार ०९:२९ बजे बुद्ध एयर को उडान मा आन्तरिक राजस्व कार्यालय तुल्सिपुर दाङका कर अधिकृत खगेन्द्र सापकोटा लाई थप अनुसन्धानको लागि रु २६००००० लाख नगद सहित काठमाडौं लागिएको हो ।

सोमबार बिहान ७ बजे बाँकेको राँझा विमानस्थलबाट श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौं जान लागेका सापकोटालाई सुरक्षाकर्मीले चेकजाँच गर्नेक्रममा स्रोत नखुलेको २६ लाख रकम भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनीसँगै यात्रा गरिरहेका अर्का अधिकृत दीपक पौडेल भागेका थिए ।

प्रहरी सम्पर्कमा आएका फरार पौडेल म आफै प्रहरी कार्यालयमा आउँछु भनेका थिए तर उनी आहिले सम्म नआएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०९-१२ , समय : १०:४९:०९ , २ हप्ता अगाडि