कपुरकोट गा.पा.३ मा तिज बिशेष सास्कृतिक कार्यक्रम तथा दर खुवाउने कार्यक्रम हुदै

तुला राम डाँगी क्षेत्रि  , १४०९७  पटक हेरिएको

सल्यान / भदौ, २६

गत वर्ष जस्तै यो बर्ष पनि कपुरकोट गाउपालिका वडा न. ३ को आयोजनामा तिज बिशेष सास्कृतिक कार्यक्रम तथा दर खुवाउने कार्यक्रम गर्न गैरहेको छ।

हिन्दू नारीहरूले भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाउने महत्त्वपूर्ण चाड तिज मुलत शिव पार्वतीको विवाहको प्रसंगसंगै यो व्रत गर्दा चिताएको कुरा पुग्ने विस्वास सहित पौराणिक कालदेखि नै तिजपर्व मनाउने चलन चल्दै आएको छ।

यो चाडमा विवाहित महिलाको हकमा माइतीले { बाबु आमा,दाजुभाइ } छोरी र चेली लाई घरमा बोलाएर मीठा मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने नाचगान गर्ने चलन अर्थात दर खाने प्रचलन रहिआएको हो।



पछिल्लो समय दर खाने परम्परालाइ समय सापेक्ष संस्थागत र सामुहिक रुपमा मनाउँदै आएको र कार्य क्रममा आमा समूह बीच तिज गीतमा नृत्य पनि गराउदै आएको ३.वडाका वडा अध्यक्ष प्रदिप खड्काले बताउनु भयो।

यहि भदौ २८ गते बिहिबारका दिन कपुरकोटको हाटबजार स्थलमा तिज बिशेष सास्कृतिक कार्यक्रम तथा दर खुवाउने कार्यक्रमको आयोजना गरिएको जानकारी दिदै कार्यक्रममा ३ न. वडाका आमा समूह लगायत सम्पुर्ण महिला दिदीबहिनी हरुलाइ उपस्थिति भैदिनको लागि कपुरकोट गा.पा. वडा न. ३ को वडा कार्यालयले आह्वान गरेको छ।

कार्यक्रम हरु -:
१- दर खुवाउने कार्यक्रम
२- आमा समूह बीच तिज गीतमा नृत्य
३- घैटो फोड कार्यक्रम


प्रकाशित मिति: २०२३-०९-१२ , समय : १२:२५:४० , ३ महिना अगाडि