दैलेखी पदम बि.क को तिज कोशेली ´सरर सरर लजाउ रेलैमा `सार्वजनिक (भिडिओ सहित)

दिल बिक्रम शाही , ११४८५  पटक हेरिएको

भदौ २८ सल्यान । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा तिज का गित संगितले यति खेर बजार तिजमय बनाएका छन् । टिकटक देखि युटुब सम्म तिजको माहुल बनेको छ । कयौं तिजका गितले करोड क्लबमा प्रवेश गरिसकेका छन् भने कयौं गर्ने क्रममा छन् । यसै क्रममा पदम बि.क को तिज कोशेली सरर सरर लैजाउ रेलैमा को भिडिओ सार्वजनिक भएको छ ।

दैलेखमा जन्मिएका पदम काठमाडौलाई कर्म थलो बनाउदै आएका छन । गित संगितमा निरंतरता दिएका पदम ले यो बर्षको तिज गितको रुपमा ´सरर सरर लैजाउ रेलैमा` आफ्नै युटुब च्यानल Singer padam bk मार्फत सार्वजनिक गरेका हुन् ।

गितमा पदम बि.क र सरिता सुनार ले आवाज दिएका छन् । गितको शब्द संगित झलक संगितम ले गरेका हुन ।

गितका शब्द सुन्दा र हेर्दा आफ्नो बैँस जोवन ढल्की जाने भएकाले आफ्नो मायालाई मलाई पनि लाउर जाने रेलैमा लैजान अनुरोध गरिको सुन्न सकिन्छ ।

गितको म्युजिक एरेन्ज मिक्सिङ्ग रेकर्डिङ समते झलक संगितम ले गरेका छन । गितलाई आलाप रेकर्डिङ स्टुडियोमा निर्माण गरिएको छ ।

दिपक अधिकारीको उत्कृष्ट निर्देशन दिपक अधिकारी , हिरोज सोनि , एभन तामाङ , गिता अञ्जली क्षेत्री र सुसिला बिष्ट लगायतको नृत्य रहेको देख्न सकिन्छ । भिडिओ सम्पादक अर्जुन खड्काले गरेका हुन् । भिडिओ सिङ्गर पदम बि क युटुब च्यानल बाट सार्वजनिक भएको छ ।

भिडिओ हेर्न:-

प्रकाशित मिति: २०२३-०९-१४ , समय : १६:०८:०५ , २ हप्ता अगाडि