चीनमा जारी १९औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ

सल्यान परिबेश डट्कम , ८७४९  पटक हेरिएको

चीनमा जारी १९औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले खेलाडीको बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा नवनिर्वाचित क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले टोलीलाई बिदाइ गर्दै शुभकामना दिएका थिए ।

यही असोज १० गते मंगोलिया र असोज १४ गते माल्दिभ्ससँग खेल्ने नेपालले समूह चरण पार गरेमा भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर पाउने छ ।

नेपाली टोलीमा रोहित पौडेल, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्सन झा, विनोद भण्डारी, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी र अविनाश बोहरा छन् । ललित राजबंशीले भने चोटका कारण एसियाड गुमाएका छन् ।

यता, सन्दप लामिछाने टोलीमा समावेश भए पनि उनीविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएकाले उनी भोलिमात्रै त्यसतर्फ जाने बुझिएको छ ।


प्रकाशित मिति: २०२३-०९-२४ , समय : १८:२९:५३ , २ महिना अगाडि