सल्यानमा लगातारको झरि र बर्षाको कारण भत्कियो एक घर 

तुला राम डाँगी क्षेत्रि , ६५९४  पटक हेरिएको

सल्यान / असोज, ७ – सल्यानमा लगातारको झरि र बर्षाको कारण भत्कियो एक घर

सल्यानको कपुरकोट गाउपालिका ६ स्थित भित्र खोलिगाउ निवासि भिम बहादुर बि.क. / भुमा बि.क. को घर लगातारको झरि र बर्षाको कारण  पुर्ण रुपमा भत्किएको छ |

६५ बर्षीय भिम बहादुर र भुमा बस्दै आएको घर लगातार भारि बर्षाको कारणले आज बिहानै करिब ८ बजेको समयमा घरको एक साइड बाट पुरा जग देखिने भत्किएर बस्ने बास नै तहस नहस भको छ |



घटना बिहानको समयमा भएको कारण मानवीय क्षेति भने भएको छैन तर घर भित्रको सामानहरु पूर्णरुपले पुरिएका छन् | घर भत्किएको खबर पाउनासाथ कपुरकोट गा.पा. उपाध्यक्ष प्रकाश भण्डारी ले  गाउँ प्रहरी बल प्रमुख डिल्लि ओलि तथा अस्थाई प्रहरी पोस्ट इन्चार्ज गणेश आचार्य समेत लाई साथमा लिएर स्थलगत पुगि प्रारम्भिक मुचुल्का र राहत प्रक्रिया अगाडि बढाएको बताउनु भयो |



प्राकृतिक बिपत्ति का कारन घरबास बिहिन हुनुभयका बृद्धा दाम्पत्यलाई आबसेक सहयोग गरिदिनुहुन पालिका उपाध्यक्ष प्रकाश भण्डारीले  देस बिदेसमा रहनुहुने सम्पूर्ण  सहयोगि मनका धनि समस्त महानुभाब हरुमा हार्दिक अपिल गर्नु भएको छ |

  •  पिडित भिम बहादुर बि.क.
  •  फोन न ९८०३५६१०४४ 


प्रकाशित मिति: २०२३-०९-२४ , समय : २१:३७:०० , २ महिना अगाडि