रोल्पाबाट दाङ तर्फ तरकारी बोकेर जाँदै गरेको जिप दुर्घटना : २ जनाको मृत्यु, १ गम्भीर घाइते

तुला राम डाँगी क्षेत्रि , ५५७७  पटक हेरिएको

सल्यान / असोज, ८ 

सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छ्न ।

कपुरकोट गा. पा. ३ चोरखोला नजिक सेतापैरा स्थित राप्ती लाेकमार्गमा बिहान ६ : १५ बजेको समयमा रोल्पाबाट दाङ तर्फ तरकारी बोकी जाँदै गरेको रा १ च. १०२५ नं. को सिंगल क्याब जिप अनियन्त्रित भई सडकबाट अ.३००/३५० मिटर तल खस्न गई दुर्घटना हुन जाँदा घटनास्थलमै २ जनाको मृत्यु र १ जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

घाइते हुनेमा जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका – २ का ३५ बर्षीय नारायण योगी रहेका छन । उनलाइ उपचारकोलागी तुलसीपुर तर्फ पठाइएको र मृत्यु हुनेरुको सनाखत हुन बाकि रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

प्रकाशित मिति: २०२३-०९-२५ , समय : ०८:३८:५५ , २ महिना अगाडि