दशैँ नजिकिदै गर्दा सुनको भाउमा भारी गिरावट, कतिले सस्तियाे?

सल्यान परिवेश डट कम , ७०४५  पटक हेरिएको

दशैँ नजिकिदै गर्दा सुनको भाउमा भारी गिरावट भएको छ । असोज ११ गते, बिहीबार सुन तोलामा एक हजार ४०० रुपेयाँले सस्तिएको छ । चाँदीको मूल्य पनि आज घटेको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ९ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार १०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ निरन्तर तेश्रो दिन ओरालो लागेको हो । बुधबार पनि सुन तोलामा ८०० रुपैयाँले सस्तिएर प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । तीन दिनमा सुन ताेलामै २ हजार ६०० रूपैयाँले घटिसकेकाे छ ।

बिहीबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा किनबेच हुँदैछ ।

अघिल्लो कारोबार दिन,चाँदी तोलामा १५ रुपैयाँले गिरावट हुँदा प्रतितोला एक हजार ३८५ रुपैयाँमा किनबेच भएको थियो । मंगलबारयता चाँदीकाे मूल्य लगातार घटेकाे छ । तीन दिनमा चाँदी प्रतिताेला ६० रूपैयाँले गिरावट भएकाे हाे ।

प्रकाशित मिति: २०२३-०९-२८ , समय : १२:५३:४८ , २ महिना अगाडि