सल्यान परिबेश डट्कम , २५५२ पटक हेरिएको

सल्यान / आश्विन,१२
सल्यान छत्रेश्वरीको गरिपारे मेलाबाट यात्रुहरु लिएर फर्किदै गरेको जीप दुर्घटना हुँदा १५ जना भन्दा बढी यात्रु घाईते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सोही दुर्घटना घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ गरिपारेमा शुक्रबार लागेको स्थानीय मेलाबाट यात्रुहरु बोकेर शारदा नगरपालिकाको स्यानीखालतर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको सफारी जीप दुर्घटना भएको हो ।
जीप बुलेका पौने ५ बजेतिर छत्रेश्वरी गाउँपालिका ५ तिर्थपोले स्थित भित्री कच्चि सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिप सडकबाट करिब ६० मिटर तल खसेको छ । जिपमा सवार चालक सहितका यात्रुहरु घाइते भएको र उनिहरुलाई उपचारका लागि अहिले जिल्लाको श्रीनगर तर्फ पठाइएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: २०२३-०९-२९ , समय : १९:०७:३६ , २ महिना अगाडि