दिल बिक्रम शाही , ४६२० पटक हेरिएको

असोज १२ सल्यान । गायक संगितकार तथा म्युजिक एरेन्जर सागर बिरहीको दिलसरा बजारमा आएको छ । आफ्नो मायालाई मलाई पनि तिम्रै साथमा लैजाउ जस्ता शव्दले भरिएको गीतमा स्वर स्वयं सागर बिरही र गायिका माया मगरले दिएका छन् । यो गीतको शब्द लय म्युजिक एरेन्जर सागर बिरहीले नै गरेका छन ।
दिलसरा गितको भिडिओमा माया मगर र सागर बिरही फिचर्ड भएका छन् । म्युजिक भिडिओको निर्देशन सागर बिरहीले गरेका छन् । गितको भिडिओ सम्पादन रोशन गाहा मगरले गरेका हुन् । भिडिओलाइ सागर बिरही युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।
सागर बिरहीले युट्युब कमेन्टमा लेख्नु भएको छ नमस्कार मेरा भगवान हरु जस्ले मेरा हरेक सुख दुख मा हातेमालो गर्नु हुन्छ यसपालि हामी ´´´दिलसरा“` लिएर आएका छौ मेरो कान्चो अनुभव सानो प्रयास अनि मेरा धेरै सहकर्मीहरु साथ सपोर्ट मेहनतमा तयार भएको छ । विशेष आभारी छु गायिका माया मगर प्रती ऋणी छु अनि नरेश समर्पण विश्वकर्मा अनि सम्पुर्ण सहयोग मन प्रती नमन…
भिडिओ
प्रकाशित मिति: २०२३-०९-२९ , समय : २२:४५:३६ , २ महिना अगाडि