सल्यान परिवेश डट कम , १००७ पटक हेरिएको

नेपाल आयल निगमले एलपीजी ग्याँस, पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्यवृद्धि गरेको छ ।शनिबार बसेको निगम सञ्चालक समिति बैठकले खाना पकाउने एलपीजी ग्याँसको मूल्य २ सय १५ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र पेट्रोल लिटरमा २ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले जनाएको छ।
अब एलपीजी ग्याँस प्रति सिलिन्डर २१ सय १० रुपैयाँ, पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १८५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । निगमले भारतीय सीमासँगको दुरीको आधारमा पहिलो वर्ग, दोस्रो वर्ग र तेस्रो वर्गमा विभिन्न स्थानहरुको वर्गिकरण गर्दै पेट्रोलियम पदार्थको मूल्य तोक्दै आएको छ ।
निगमका अनुसार पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछ भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेसूो वर्गमा काठमाडौं, दिपायल र पोखरा पर्दछ । पेट्रोलियम पदार्थ तथा ग्याँसको स्वचालिम मूल्य कार्यविधि, २०८० अनुसार सो मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । भारतीय आयल निगमले मंगलबार पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल १ रुपैयाँ ३४ पैसा र डिजेलमा ४ रुपैयाँ ८२ पैसा र एलपीजी ग्याँस १ सय ७३ रुपैयाँ ४५ पैसा वृद्धि भएर आएको थियो ।
प्रकाशित मिति: २०२३-१०-०१ , समय : ०९:२६:२१ , २ महिना अगाडि