गितान्जली मुस्कान , ३९९३ पटक हेरिएको

सल्यानको छत्रेस्वरी ३ दारीम्ज्युला दोहली स्कुल नजिक बाघको आक्रमणबाट ४ जना घाइते भएका छन ।
घाइते हुनेहरूमा छत्रेश्वरी गाउँपालिका – ३ दोहलीका ४० बर्षीय राज के.सी, सोही ठाउँका १६ वर्षीय छविलाल केसी, २७ वर्षीय भीमसेन थापा र ४० वर्षीय टेकबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
प्रहरीका अनुसार सोमबार बिहान ९ बजेतिर स्थानीय पूर्णराज विकले सञ्चालन गरेको कुखुरा फार्मभित्र बाघ पसेको थियो । स्थानीयले त्यसबाहिर पासो थापेका थिए । स्याल र चितुवा समेत बाख्रा तथा कुखुरा खान आउने हुँदा स्थानीयले पासो थापेका थिए ।
खोरभित्र पसेर केही कुखुरा मारेपछि बाहिर निस्कने क्रममा बाघ पासोमा फसेको थियो । राजु केसीले तीन चारवटा मरेका कुखुरा देखेपछि ढोका खोलेर हेर्दा बाघले आक्रमण गरेको बताइएको छ ।
घाइते ४ जनालाई जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि थप उपचारकोललागि प्रादेशिक अस्पताल दाङ लगिएको छ ।
अहिले सम्म बाघ सोहि स्थानमा भयको र बाघलाई नियन्त्रण अलिले सम्म गर्न नसकियको बताइएको छ।
प्रकाशित मिति: २०२३-१०-०२ , समय : १६:४८:१५ , २ महिना अगाडि