दिल बिक्रम शाही , ८३१६ पटक हेरिएको

असोज १८ सल्यान । नेपालीहरुको यथार्थ मार्मिक गितको रुपमा रहेको गित ´ प्रदेशि`लाई स्टुडियो वजनले निर्माण गरेको हो । आज ( बिहीबार ) सार्वजनिक गितमा गायक पुरुषोत्तम गैरे र गायिका लक्ष्मी खड्काको आवाज रहेको छ । गितको शब्द संगित पुर्शोत्तम गैरेले गरेका छन् ।
गितमा एउटा घरपरिवारको श्रीमान श्रीमती बिचको आर्थिक समस्या देखाइएको छ । श्रीमानले आफ्नो परिवारलाई खुसी बनाउन धन चाहिने र आफुसंग धन नहुदाँ प्रदेश जान्छु भन्ने शब्द उक्त गित भित्र रहेका छन । त्यस्तै श्रीमतिले माया भन्दा ठूलो धन होइन नजाउ भन्दै गाएको गितका शब्दमा समावेश गरिएको छ ।
गितको म्युजिक एरेन्जर राजु सुनामले गरेका छन् भने मिक्सिङ्ग बिमल छिनाल र रेकर्डिङ बिनोद परियारले गरेका हुन् । गितको अडियो स्टुडियो वजनले निर्माण गरेको छ ।
काजिश श्रेष्ठले कथा निर्देशन गरेको उक्त गितको भिडियोमा पुरुषोत्तम गैरे र सारिका केसि को अभिनय रहेको छ । भिडियो सम्पादन पोस्टर डिजाइन दुर्गेश राणा मगरले गरेका हुन् ।
भिडियो हेर्न :-
प्रकाशित मिति: २०२३-१०-०५ , समय : १९:०२:२९ , २ महिना अगाडि