सल्यान परिवेश संवाददाता , ३३६७ पटक हेरिएको

असोज १८ सल्यान । जिल्लाको शारदा नगरपालिका वडा नं. १२ तिमीलेमा पहिलोपटक बिजुली पुगेको छ । आज(बिहिवार ) दुर्गा आ.बि तिमीलेमा नगर प्रमुख प्रकाश भण्डारीले बिजुलीको उद्घाटन गरेका छन् ।
उद्घाटन पश्चात् बोल्दै नगर प्रमुख भण्डारीले बिजुली बिस्तारको क्रममा भुमीका खेल्ने बिद्धुत प्राधिकरण, वडा अध्यक्ष लगायत वडाका जनप्रतिनिधि र स्थानीय वासिन्दाहरुलाई धन्यवाद समेत दिए । उनिले बिजुली संगै खानेपानी, सडक स्तरोन्नति र बिद्यालय मर्मतको कामलाई अगाडी बढाइने बताए ।
वडा नं १२अध्यक्ष सुरेन्द्र बुढाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्यहरु प्राण कुमार राई,भगवती बोहरा, वडा सदस्यहरु बालाराम वली,हुमलाल बस्नेत, नेकपा(एमाले) जिल्ला कमिटी सदस्य जालना भण्डारी लगायत स्थानीय वासिन्दाहरुको उपस्तिथि रहेको थियो ।
बिजुली पुगेपछि तिमीलेका ३५ घरधुरी लाभान्वित संगै खुसि भएका छन ।
प्रकाशित मिति: २०२३-१०-०५ , समय : २१:१३:३६ , २ महिना अगाडि