सल्यान परिवेश डट्कम , ३७११ पटक हेरिएको

सल्यान / असोज २०- दाङ तुलसीपुरबाट सल्यान जादै गरेको यात्रुबहाक बस दुर्घटना, घटनास्थलमै २ जनाको मृत्यु, ५ जना गम्भीर
सल्यानको कपुरकोट गाउँपालिका स्थित मुलपानी नजिकै यात्रुबहाक बस दुर्घटनामा परेको छ । दुर्घटनामा परि दुईजना महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
शनिबार दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस मुलपानी बनस्पति कार्यालय नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएको र २ जना महिलाको घटनास्थलमै ज्यान गएको र उनिहरुको परिचय खुलेको छैन् । अहिले घाइतेहरुको उद्धार गरिहरकोले घटनाबा विवरण केहि समय पछि आउने प्रहरीको भनाई छ ।
घटना स्थिलमा प्रहरी चौकी कपुरकोटबाट प्रहरी पुगेर उद्धार गररिहेको छ । बसमा करिब १६ जना जति यात्रुहरु रहेको र केहि शकुसल रहेको यात्रु तोभान खड्काले बताए ।
प्रकाशित मिति: २०२३-१०-०७ , समय : १६:२०:५५ , २ महिना अगाडि