दिल बिक्रम शाही , ८३०८ पटक हेरिएको

असोज २१, सल्यान । जिल्लाको बागचौर नगरपालिका ८ कोटमौला रानिपोखरी मेला परापुर्वकाल देखि लाग्दै आइरहेको छ । यस बर्ष पनि रानीपोखरी मेलाको अवसर पारी असोज २५ देखि २७ असोज सम्म संचालनमा बृहत खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुने रानिपोखरी मेला ब्यबथापन समितिले सूचना सार्वजनिक गरेको हो ।
बागचौर नगरपालिका वडा नं ८ को समन्वय र रानिपोखरी मेला व्यवस्थापन समितिको आयोजनामा रानिपोखरी मेला लाग्ने भएको हो ।
मेलामा पुरुष भलिबल प्रतियोगिता र मनोरञ्जनको लागि राष्ट्रिय तथा स्थानीय कालाकारहरुको समेत बिजोड प्रस्तुति रहने भएको हो ।
पुरुष भलिबलको लागि प्रथम पुरस्कार ६० हजार रहेको छ । त्यस्तै दृतियमा ४० हजार ५ रुपैयाँ र तृतीय पुरस्कारमा २५ हजार ५ रुपैयाँ रहेको रानिपोखरी मेला व्यवस्थापन समितिले जनाएको छ ।
आफ्नो टिम दर्ता गर्नको लागि समेत समितिले आग्रह गरेको छ । आजबाट आफ्नो टिम फोन मार्फत पनि दर्ता गर्न सकिने समितिले जनाएको छ । दर्ता गर्ने अन्तिम समय असोज २५ गते बिहान १० बजे सम्म मात्र तोकिएको छ । समितिले दर्ता शुल्क भने सुचनामा जनाएको छैन ।
नोट : आफ्नो टिम दर्ता गर्न र केही जिज्ञासा् भए समितिका अध्यक्ष र संयोजक मार्फत जानकारी लिन सकिने छ ।
अध्यक्ष : लोकमान चन्द 📞 9857844972
संयोजक : खेमराज सुनार 📞 9848087862,मा सम्पर्क गर्न सक्नु हुने छ ।
प्रकाशित मिति: २०२३-१०-०८ , समय : १८:१६:१३ , २ महिना अगाडि