बादल आचार्य , १११६७ पटक हेरिएको

२५ असोज २०८०
कपुरकोट,सल्यान ।
सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले साना किसान कृषि सहकारी कपुरकोट गाउँपालिकाकै लोभलाग्दो सहकारी भएको बताउनुभएको छ । संस्थाले कपुरकोट गाउँपालिकाका सबै वडालाई समेटी,आफ्नो प्रगति विवरणमा उल्लेखनिय सुधार गरेकोमा खुसि ब्यक्त गर्दै बचत राख्ने र ऋण लिने मात्रै नभईकन अब सहकारी मार्फत लिएको ऋण सदुपयोग गर्दै आयस्तर बृद्धि गरी उद्यमशिल बन्नुपर्ने बताउनुभएको छ ।
साना किसान कृषि सहकारी संस्था कपुरकोटमा आज भएको २६ औं बार्षिक साधारण सभाको उद्घाटनका अवसरमा प्रमुख अतिथी अध्यक्ष पुनले यसो बताउनुभएको हो ।
संस्थाका अध्यक्ष डम्बर एरीको अध्यक्षतामा भएको साधारसभामा विशिष्ट अतिथि कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले किसानको प्रगति नै गाउँपालिकाको प्रगति हुने बताउनु भयो । उहाँले आफु किसानको छोरो किसान भएकाले सिंगो कपुरकोट गाउँपालिकालाई नै कृषि र पशुपालनबाट आत्मनिर्भर बनाउन गाउँपालिका लागि परेको बताउनुभयो ।
उहाँले यस सहकारीले ८० प्रतिशत महिला दिदिबहिनीहरुलाई समेटेर सदस्य बनाएकोमा महिला सहभागिता उल्लेखनीय भएको भन्दै यस कार्य प्रति म धेरै सन्तोषजनक भएको बताउनुभएको छ ।
संस्थाका उपाध्यक्ष मनिराम रानाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा
कृषि उपज बजार संचालक समिति कपुरकोटका अध्यक्ष हामी पनी कृषि सँगै सम्बन्धित भएकाले एक–आपसमा सहकार्य गरी अघि बढेमा सबैको सजिलो हुने बताउनु भयो ।
सोहि साधारण सभामा अर्का वक्ता कपुरकोट कृषि सहकारी संस्थाका प्रतिनीधि प्रेम कुमार आचार्यले सहकारीमा कर्जा सदुपयोग नगर्ने प्रवृति देखिएकाले यस तर्फ साना किसान सजग हुनुपर्ने बताउनुभयो ।
कपुरकोट गाउँपालिका ३ नं. वडा अध्यक्ष प्रदिप खड्काले अहिले केहि ब्यक्ती वित्तिय क्षेत्रलाई बदनाम गराउन खाजेपनी त्यस तर्फ ध्यान नदि आफु सजग रहि काम गर्नुपर्ने बताउनु भयो ।
त्यस्तै वनस्पति अनुसन्धान कार्यालय मुलपानी सल्यानका कार्यालय प्रमुख डा. मित्रलाल पाठकले कृषि जन्य उत्पादन गरे मनग्य आम्दानी हुने हुदाँ कृषि पेशा छोड्न नहुने र सहकारीबाट लिएको कर्जाको पुर्णरुपमा सदुपयोग गर्नुपर्ने कुरामा जोड दिनुभएका डा.पाठकले भने अहिले किसानहरुले अत्यधिक रासायनीक मल प्रयोग गरेको भनेर असन्तुष्टी जनाउनुभयो र उहाँले खेतबारी लगाउने किसानले सधै एउटै बालि एकै बारीमा नलगाई बालि परिवर्तन गरी प्रांगारीक मल प्रयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
संस्थाका प्रबन्धक जित प्रसाद आचार्यले सहजिकरण गर्नु भएको कार्यक्रममा संस्थाको अध्यक्ष डम्बर बहादुर यरीले वार्षिक प्रतिवेदन, संस्थाको लेखा समितिको प्रतिवेदन संयोजक डिल बहादुर थापाले र संस्थाको मुख्य प्रबन्धक तिर्थराज शर्माले आगामी कार्ययोजना र प्रगति प्रतिबेदन पेश गर्नु भएको थियो ।
संस्थाले २० करोड १३ लाख ८४ हजार ३ सय २८ रुपैयाँ ५० पैसाको कारोबार गरेको छ जसमध्ये शेयर रकम रु.१ करोड ६२ लाख ११ हजार,निक्षेप संकलन रु.६ करोड ५२ लाख ५९ हजार,जगेडा कोष रु.१ करोड १० लाख ६४ हजार ,ऋण लगानी रु.१५ करोड ४ लाख ७३ हजार भएको र यस वर्ष नाफा १६ लाख ३५ हजार भएको छ ।
२०५४ साल जेठ २१ गते २५ जनाबाट सुरु गरिएको संस्थामा हाल कपुरकोट गाउँपालिकाका ६ वटै वडाका १ हजार ७१ जना महिला र ५ सय ४२ जना पूरुष गरेर १ हजार ६ सय १३ जना किसान कृषि सहकारी संस्थामा आबद्ध रहेको संस्थाले जनाएको छ ।
यसैबिच साना किसान कृषि सहकारी संस्थाको २६ औं साधारण सभाबाट संचालक समिती भने पुरानै संचालक समितिलाई निरन्तरता दिएको निवार्चन समितिका संयोजक दामोदर शर्माले बताउनुभएको छ जस मध्ये
अध्यक्ष डम्बर यरी,उपाध्यक्ष मणिराम राना र सदस्यहरुमा टेक कुमारी पुन,चन्द्र प्रकाश मल्ल,खड्क सिंह ठकुरी,धनसरी भण्डारी,रत्नलाल वली,तिलसरी बोहरा,खिमा रोका साहु,अम्ब बहादुर घर्ति,पूर्णकली कवर रहनुभएको छ ।
प्रकाशित मिति: २०२३-१०-१२ , समय : १९:४४:२० , २ महिना अगाडि