सल्यान परिबेश डट्कम , ६१५८ पटक हेरिएको

असोज,२५
नेकपा एमालेका नेता महेश बस्नेतलाई प्रमुख अतिथि बनाएर झापाको अर्जुनधारामा कार्यक्रम गर्न खोज्दा तनाव सिर्जना भएको छ ।
बस्नेतलाई झापा आउने थाहा पाएपछि व्यवसायी दुर्गा प्रसाईं पनि त्यहाँ पुगेका थिए । त्यसपछि प्रसाईंका कार्यकर्ता र कोशी प्रदेश नामाङ्कनमा विरोध जनाइरहेकाहरुले कार्यक्रम बिथोल्ने प्रयास गर्दा तनावको स्थिति सिर्जना भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीका अनुसार, परिस्थिति बिग्रिन नदिन प्रहरीले विभिन्न ठाउँमा विरोधका लागि निस्किएकाहरुलाई रोकेको थियो । त्यसक्रममा लाठी चार्ज र दुई राउण्ड अश्रुग्याँस समेत प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।
प्रहरीसँग घम्साघम्सी भएपछि विरोधका लागि निस्किएकाहरु एमालेको कार्यक्रम स्थलसम्म त पुग्न पाएनन् । तर, कार्यक्रम स्थल आसपास पार्क गरेर राखिएका गाडीहरुमा तोडफोड गरेका छन् ।
‘प्रहरी उनीहरुलाई रोक्नतिर व्यस्त रहँदा कार्यक्रमस्थलभन्दा ८/९ सय मिटर वर रहेका गाडीहरुमा तोडफोड भए’, रेग्मीले अनलाइनखबरसँग भने, ‘कार्यक्रमस्थल साँघुरो भएकाले केही पर गाडीहरु पार्क गरिएका रहेछन्,
प्रकाशित मिति: २०२३-१०-१२ , समय : २१:०५:४५ , २ महिना अगाडि