सल्यान परिवेश संवाददाता , ३७५२ पटक हेरिएको

असोज २६ ,सल्यान । सल्यानमा रोकेर राखेको ट्याक्टर एक्कासी आफै गुड्दा च्यापिएर एक बालकको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका-४ लामाडाँडाका ६ बर्षिय बालक दिक्सन चन्दको मृत्यु भएको हो ।
शुक्रबार (आज) बेलुकी ५ बजेतिर सोही ठाउँ घर भएका २८ वर्षीय देवबहादुर चन्दको घरमा रोकेर राखेको रा १ ख २८६२ नम्बर ट्याक्टर एक्कासी आफै गुड्दा देबहाहुरका छोरा दिक्सनको मृत्यु भएको हो ।
उक्त ट्याक्टर देवबहादुर चन्दकै भएको र बालक आँगनमा खेल्ने बेला च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए ।
ट्रयाक्टर एक्कसी किन गुड्यो भन्ने खुल्न नसकेको र अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाएको बताइएको छ ।
प्रकाशित मिति: २०२३-१०-१३ , समय : २०:०७:२६ , २ महिना अगाडि