झ्यालमा पर्दा छ लगायतका गितकी गायिका सुमन थापा मगरको ´पाल्पाली ढाका टोपी राम्रो`सार्वजनिक

दिल बिक्रम शाही , ८७०७  पटक हेरिएको

असोज २९ , सल्यान – झ्यालमा पर्दा छ लगायतका दर्जनौं बढी गितमा आफ्नो पहिचान बनाएकी लोकदोहोरी क्षेत्रकी गायिका सुमन थापा मगरको ´ पाल्पाली ढाका टोपी राम्रो ` गितको भिडियो सार्वजनिक भएको छ ।

ढाकाको कपडा ‘ब्राण्डिङ’ गरि बनाईएको पाल्पाली ढाकाटोपी देश तथा विदेशमा प्रख्यात बनेको छ । गुरुङ समुदाय संस्कृतिक भेषभुषा अनुसार तन्नेरीहरूले कछाडको माथि कम्मरमा कम्मर पेटी भोटो माथि इष्टकोट शिरैमा ढाकाको टोपी लगाउँछन् । पछिल्लो समय ढाकाको टोपी मगर गुरुङ बाहेक सबै जातिले लगाउन थालेका छन । युवा पुस्तामा भने कमै मात्रामा लगाउने गर्छन् । यसै भेषभुषामा पाल्पाली ढाका टोपिको बयान गरिएको गित पाल्पाली ढाका टोपी राम्रो गितमा समावेश गरिएको छ ।

गितमा सितल गुरुङ र सुमन थापामगर ले आवाज दिएका छन् । शब्द संगित रमेश परियारले गरेका छन । रेकर्डिङ बिनोद परियार र मिक्सिङ्ग विमल छिनालले गरेका हुन् । गितको अडियोलाई स्टुडियो वनले निर्मान गरेको हो ।

काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफिमा रेशम विश्वकर्मा र लक्ष्मी थापा मगर लगायतको अभिनय रहेको देख्न सकिन्छ । गितको भिडियो दिपक बिष्टले सम्पादन गरेका छन् । भिडियो सुमन थापा मगर युट्युब च्यानल देखि सार्वजानिक भएको छ ।

भिडियो हेर्न :

प्रकाशित मिति: २०२३-१०-१६ , समय : २२:१८:३४ , १ महिना अगाडि