सल्यान परिबेश डट्कम , २६१० पटक हेरिएको

काठमाडौंबाट झापातर्फ जाँदै गरेको हायस मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडक खण्डको अधेरीमा दुर्घटना हुँदा चालकसहित १८ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था चिन्ताजनक छ ।
जिल्ला ट्राफिक कार्यालय उदयपुरका अनुसार प्र. १–०२–०००४ क २०७६ नम्बरको हायसको पछाडिको चक्का खुस्केर दुर्घटनामा परेको हो ।
चालक सिन्धुलीको सुनकोशी–५ का २३ वर्षीय सागर ठकुरी र पाँचथरको फिदिम ननगरपालिका– ६ का ७२ वर्षीय वृद्ध बलविरको अवस्था गम्भीर छ ।
घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा गम्भीर अवस्था भएकालाई विराटनगर न्युरो हस्पिटल रेफर गरिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको उदयपुर जिल्ला प्रहरी प्रमुख रमेश थापाले जनाएका छन् ।
दशैँ तिहारको शुभकामना
प्रकाशित मिति: २०२३-१०-१७ , समय : १४:३३:४७ , १ महिना अगाडि