इजरायलबाट थप १९ नेपालीकाे उद्धार, नयाँ दिल्ली हुँदै नेपाल ल्याइने

सल्यान परिवेश डट्कम , ५८९१  पटक हेरिएको

इजरायलबाट थप १९ जना नेपालीको उद्वार गरिएको छ । स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई भारतीय जहाजमार्फत् स्वदेश फर्काइएको हो ।

भारतीय जहाजमा बिहान तेल अभिभबाट १९ जना नेपाली स्वदेश फर्किएका हुन् । उनीहरूलाई भारतबाट भने स्थलमार्गबाट नेपाल ल्याउने तयारी भएको छ ।

दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर गौरीफन्टा नाकाबाट स्वदेश फर्काउने तयारी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

नेपाल भित्रिएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले उनीहरूलाई सम्बन्धित स्थानमा पुर्‍याउने तयारी गरिएको छ ।


            दशैँ तिहारको शुभकामना 

प्रकाशित मिति: २०२३-१०-१७ , समय : १६:१९:३५ , १ महिना अगाडि