सल्यान परिवेश संवाददाता , २३४९ पटक हेरिएको

कात्तिक ११, सल्यान – रुकुम पश्चिममा भिरबाट लडेर घाँस काट्न गएकी १ महिलाको मृत्यु भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ६ छहराकी ३६ बर्सिया धनसरी केसी देवकोटाको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।
आज बिहान घाँस काट्ने क्रममा धनसरी भिरबाट लडेको स्थानीयले बताएका छन् । उहाँ भिरबाट करिब ४ सय मिटर तल खस्नुभएको थियो । धनसराको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
प्रकाशित मिति: २०२३-१०-२८ , समय : १६:०९:४७ , १ महिना अगाडि