सल्यानको कपुरकोट गाउपालिका वडा नं.३ को प्रथम वडा अध्यक्ष कप सुरु हुदै

तुला राम डाँगी क्षेत्रि , ४५३७  पटक हेरिएको

सल्यान / कार्तिक,११
सल्यानको कपुरकोट गाउपालिका वडा नं.३ को प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने भएको छ।

कपुरकोट जागरण अभियान अन्तर्गत, स्वास्थ्यका लागि खेल कुद राष्ट्रको लागि खेल कुद भन्ने नाराका साथ कपुरकोट गाउपालिका वडा न.३ ले यहि मिति २०८०/७/१५ गते बिहान १० बजे देखि स्थानिय सोरठी नाच सहित उद्घाटन भई १७ गते सम्म वडा अध्यक्ष कप संचालन गर्ने भएको छ।

उक्त वडा अध्यक्ष कपमा भलिवल,ब्याटमिन्टन लगायत विभिन्न खेलहरुका साथै नृत्य प्रतियोगितामा भाग लिनको लागि वडावासिहरुमा आह्वान गर्दै सुचना प्रकाशित गरेको छ । साथै भाग लिने सबै प्रतियोगीहरु यस सम्बन्धित वडाको हुनुपर्ने छ।



आकर्षण हरु
——————–
१ – भलिवल खेल
प्रथम पुरस्कार रु.१६०००
द्वितीय पुरस्कार रु.१२०००
तेतृतीय पुरस्कार रु.८०००
सान्त्वना पुरस्कार रु.५०००
———————————–
२ – २०० मिटर दौड ( महिला / पुरुष )
प्रथम पुरस्कार रु.२०००
दोश्रो पुरस्कार रु.१५००
तेश्रो पुरस्कार रु.१०००
———————————–
३ – ब्याटमिन्टन खेल
प्रथम पुरस्कार रु.७०००
दोश्रो पुरस्कार रु.६०००
तेश्रो पुरस्कार रु.५०००
———————————-
४ – नृत्य तर्फ
प्रथम पुरस्कार रु.२०००
दोश्रो पुरस्कार रु.१५००
तेश्रो पुरस्कार रु.१०००
———————————-
५ – घैटा फोड
प्रथम पुरस्कार रु.१५००
———————————-
६ – भाले चोर प्रतियोगिता

स्थान :
कपुरकोट गाउपालिका ३ पुरानो कालिका मा.बि. स्कुलको प्राङ्गण



                    दशैँ तिहारको शुभकामना 

प्रकाशित मिति: २०२३-१०-२८ , समय : २२:५०:२८ , १ महिना अगाडि