सल्यान परिबेश डट्कम , ४१७४ पटक हेरिएको

बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेका छन् ।
राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले नवदुर्गा भवानीको प्रसाद ग्रहण गरेका हुन् । सो क्रममा राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो ग्रहण गरेका थिए ।
नवदुर्गाका देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई राष्ट्रपतिले दक्षिणासमेत प्रदान गरेका थिए ।
दशैँ तिहारको शुभकामना
प्रकाशित मिति: २०२३-१०-२९ , समय : ००:२९:१८ , १ महिना अगाडि