सल्यान कोटमौला : लोभ हुँदै गएको सोरठी नाचको संरक्षण गर्दै

सल्यान परिवेश संवाददाता , ६६०७  पटक हेरिएको

कात्तिक १२ सल्यान – सल्यान जिल्लाको कोटमौलामा सोरठी गीत र नाच संरक्षणमा स्थानीय जुटेका छन् । पौराणिक तथा ऐतिहासिक कथा समेटेर विविध लय र तालमा मारुनी नाचसहित सोरठी गाउने चलनलाई निरन्तरता दिन बागचौरनगरपालिका –८ कोटमौलाका पुरानो पुस्ता सक्रिय भएका हुन् ।

आज कात्तिक १२ (आइतबार ) सोरठी नाचका अगुवा ओपेन्द्र नाथ योगिको अध्यक्षतामा बैठक बासि बैठकद्वारा समिती गठन गरिएको हो ।

समितिका अध्यक्ष किष्ण बहादुर चन्द, उपाध्यक्ष फत्ते बहादुर पुरि, सचिब भिम बहादुर चन्द,सहसचिव भुपेन्द्र बि.एम कोषाध्यक्ष प्रेम नाथ योगि सदस्यहरु भद्र बहादुर चन्द,भिम बहादुर चन्द , फत्ते लाल शर्मा आन्द कुमार चन्द लोकेन्द्र चन्द दिपक चन्द सल्लाहकारमा लक्ष्य हमाल, भरत नाथ योगि, यज्ञ बहादुर चन्द, पुर्ण चन्द, र लोकमान चन्द ११ कार्यसमिति निर्बिरोध चयन गरिएको हो ।


गाउँलेले वि.स. २०५२ सालमा स्थापना गरेको ‘सोरठि नाच समिती सोरठी गीतको संरक्षणमा लागेको हो । कालिका भगवती सोरठि नाच समितिका सल्लाहकार यज्ञ बहादुर चन्द पुर्ण बहादुर चन्दले पुरानो संस्कृतिबारे नयाँ पुस्तालाई सिकाउन र तिनको संरक्षणमा प्रेरित गर्न बुढौली पुस्ता जुटेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“अघिल्लो पुस्तासँगै मौलिक कला, संस्कृति हराउने डरले संरक्षणको पहलमा जुटेका हौँ,”

सोरठी गीतको समूहमा वृद्ध कलाकारदेखि युवासम्म संलग्न छन् । चन्दका अनुसार समितिलाई सोरठीगीत प्रदर्शनकै लागि विभिन्न ठाउँबाट माग आउने गरेको छ।

समितिले सोरठी गाएबापत आएको दान रकम सामाजिक काममा खर्चने गरेको बताएको छ । समितिले प्रस्तुतिलाई व्यवस्थित र आकर्षक बनाउन एकै खाले पोशाकको समेत व्यवस्था गरेको छ ।

कलाकारमा गाउने समूह, मादले, मारुनी, पुर्सुगेँ आवश्यक पर्छ । पुरुष कलाकार पनि महिलाकै भेषमा मारुनी बनेर नाच्ने परम्परा छ । मादलकै तालबाट गुरु ’बा’ को निर्देशनअनुसार अन्य कलाकारले गायनमा सघांउछन् ।

मगर समुदायमा विवाह, व्रतबन्ध देखि सार्वजनिक समारोह, मेला पर्व र उत्सवमा समेत सोरठी प्रस्तुत गरिन्छ।

सल्यानमा बागचौर सँगै कुमाख, बनगाड र कपुरकोट क्षेत्रश्वरि क्षेत्रमा यो नाच नाचिन्छ । सोरठीगीत विशेषगरी तिहारका बेला रामलीला, कृष्ण चरित्रजस्ता ईश्वरीय भक्तिगानका रुपमा गाउने प्रचलन छ । तर, पछिल्लो समय यसको उचित प्रवद्र्धन हुन नसकेको संस्कृतिकर्मीहरु बताउँछन्।

प्रकाशित मिति: २०२३-१०-२९ , समय : २०:४४:०३ , १ महिना अगाडि