ट्राफिक प्रहरीले ल्यायो नयाँ नियम

नागरिक एपमा भएको ‘लाइसेन्स’ ट्राफिक प्रहरीलाई मान्य हुने

सल्यान परिवेश डट्कम , २१०३  पटक हेरिएको

काठमाडौं । ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भए/नभएको बारेमा जाँच गर्दा नागरिक एपमार्फत देखाउन पाइने भएको छ ।

यसअघि ट्राफिक प्रहरीले चालक अनुमतिपत्र भए/नभएको जाँच गर्ने बेलामा पनि सक्कलै देखाउनुपर्ने बाध्यता थियो ।

अब नागरिक एपमार्फत देखाउँदा हुने भएको छ । तर यो व्यवस्था अन्य ट्राफिक नियम उल्लङ्घन गरेर प्रहरीले रोकेको अवस्थामा नभई चालक अनुमतिपत्र लिएको छ वा छैन भनेर जाँच गरेको अवस्थामा मात्रै लागू हुनेछ ।



 

प्रकाशित मिति: २०२३-१०-३१ , समय : ०९:५५:५५ , १ महिना अगाडि