विद्यार्थी संगठनले एमसीसी बिरुद्ध बुधबार बेलुका श्रीनगर बजारमा रांके जुलुस

Salyan Paribesh , १००८  पटक हेरिएको

फागुन ११, सल्यान ।

एमसीसीका विरुद्ध सल्यानको श्रीनगरमा रांके जुलुस गरिएको छ । विभिन्न ३ पार्टीका विद्यार्थी संगठनले एमसीसी बिरुद्ध बुधबार बेलुका श्रीनगर बजारमा रांके जुलुस निकालेका हुन् ।

सयौं संख्यामा उपस्थितहरुले श्रीनगरको माथिल्लो चोकबाट तल्लो बसपार्कसम्म रांके जुलुस समाएर एमसीसी बिरुद्ध नाराबाजी गरेका थिए ।

माओवादी निकट अखिल क्रान्तिकारी, विप्लव नेतृत्वकाे नेकपा निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियु सल्यानले संयुक्त रुपमा बिरोध कार्यक्रमको आयोजना गरेका हुन् ।

उक्त कार्यक्रममा आफु पनि सहमत भएको अखिल क्रान्तिकारी जिल्ला कमेटिका सहसचिब खड्ग थापा मगर ले सल्यान परिवेश लाइ जानकारी दिए।

जुलुसपछि कोणसभालाई विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य टंक प्रकाश केसी, माओवादी निकट अखिल क्रान्तिकारीका प्रदेश कमिटीका चेतन गिरी, समाजवादी निकट अनेरास्ववियुका जिल्ला अध्यक्ष निरज सिंहले सम्बोधन गरेका थिए । उनिहरुले कुनैपनि हालतमा एमसीसी पास गर्न नहुने बताए ।

यी ३ विद्यार्थी संगठनले भोलि जिल्ला प्रशासन घेराउ कार्यक्रम गर्ने जनाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा भाेली एमसीसीमाथी छलफल गरिने भएकाे छ ।

प्रकाशित मिति: २०२२-०२-२३ , समय : १६:१३:४० , १ वर्ष अगाडि