सल्यानी गायक शक्ति चन्दको तिहार गित ´ गाउको भैलो TikTok मा हेर्नू ` सार्वजनिक

दिल बिक्रम शाही , ७७९३  पटक हेरिएको

कात्तिक १५ , सल्यान  – नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा तिहारका गितसंगितले बजार तिहारमय बनाएका छन । तिहारका गित बजारमा आउने क्रममा शक्ति चन्द , भुवन परियार र एलिना चौहानको आवाजमा तिहार गित ´ गाउको भैलो टिकटकमा हेर्नू` को म्युजिक भिडियो सार्वजनिक भएको छ । आज ( बुधबार ) शक्ति चन्द युट्युब च्यानल बाट उक्त गितको भिडियो सार्वजनिक भएको हो ।

प्रदेशमा भएका नेपालीहरुले आफ्नो मन दरो बनाएर TikTok मा भैली खेलेको हेर्नू  मन नफेर्नु लगायतका शब्द गितमा समावेश गरिएको छ ।

सल्यानमा जन्मेका गायक चन्दले थुप्रै गितसंगितमा आफ्नो पहिचान बनाई सकेका छन् । भेरी र कर्णाली , फुल्दै फुल्दै जाउ , बागेश्वरी , लगायतका दर्जनौं मिलियन भ्युज मा रहेका उनका गित हुन् ।

गाउको भैलो टिकटकमा हेर्नु मा शक्ति चन्द , भुवन परियार एलिना चौहान ले आवाज दिएका छन । शब्द संगित भुवन परियारले गरेका छन् । गितको म्युजिक एरेन्जर खेमराज गौतमले गरेका छन् । रेकर्डिङ सागर पुन र मिक्सिङ्ग कुमार सानु पुनले गरेका हुन् । गितको अडियो शंकरा रेकर्डिङ स्टुडियोले निर्माण गरेको छ ।

तिलक शाहीको निर्देशनमा रहेको भिडियोमा प्रतीक्षा बस्नेत , सर्मिला के.सी , अर्जुन डाँगि सन्तोष क्षेत्री लगायत फिचर्ड भएका छन् ।

भिडियो हेर्न :

प्रकाशित मिति: २०२३-११-०१ , समय : १८:४५:०० , ४ हप्ता अगाडि