जाजरकोट भुकम्प अपडेट : जाजरकोटमा ९२ जना र रुकुम पश्चिममा ३६ जनाको मृत्युु

सल्यानपरिवेश संवाददाता , ११२९  पटक हेरिएको

जाजरकोट । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ ।

५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कठायतले बताए ।

भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए ।
प्रवक्ता कडायतले भने, ‘सुर्खेतबाट पनि राति ४ बजे उद्धार टोली खटिएको छ, मेडिकल टोली र विपद् व्यवस्थापनको टोली समेत तयारी अवस्थामा बसेको छ ।’

भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कठायतले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: २०२३-११-०४ , समय : ०९:३२:२४ , १ महिना अगाडि