तुला राम डाँगी क्षेत्रि , ३५७८ पटक हेरिएको

सल्यान / कार्तिक,१८
कपुरकोट गा.पा. वडा न: ३ को आयोजनामा गत बुधवार देखी सुरु भएको प्रथम वडा अध्यक्षकप शुक्रबार समापन भएको छ।
ग्रामीण भेगको खेलकुद क्षेत्रमा विकाश गर्ने उद्देस्यसहित सम्पन्न भएको सो वडा अध्यक्षकपमा स्थानिय सोरठी नाच सहित उद्घाटन भई भलिबल,२०० मिटर दौड,ब्याडमिन्टन र एकल नृत्य सहित रहेको थियो।
खेलाडीहरुको मनोवल उच्च राख्न कपुरकोट गाउपालिका सधै खेलाडीहरुको साथमा रहने विशिष्ट अथिति प्रकाश भण्डारीले बताउनु भएको थियो । सम्मान कार्यक्रमका अथिति कपुरकोट गा.पा.खेलकुद बिकाश समितिका अध्यक्ष शेर ब.पुन ले पनि मन्तब्य दिदै प्रथम वडा अध्यक्ष खेलकुद प्रतियोगी कार्यक्रमलाइ अझै रोचक बनाएकोमा आयोजक टिमलाई धन्याबाद दिनु भएको थियो
सम्मान कार्यक्रमका सभा अध्यक्ष एबं ३ नम्बर वडा अध्यक्ष प्रदिप खड्काले कपुरकोट गाउपालिकाको प्रथम अध्यक्षकप र दोस्रो अध्यक्षकप खेलकुद प्रतियोगितामा ३ न: वडा ले प्रथम स्थान हासिल गरेको र अब आउने तेस्रो गाउपालिका अध्यक्षकपमा पनि प्रथम स्थानको सिल्ड ३ न: वडाले नै लिनु पर्छ भन्ने उच्च मनोबलका साथ् खेलाडिहरुलाई सुझाव दिनुभएको थियो।
भलिबल तर्फ उत्कृष्ट खेलाडि छनोटमा ललित सेन भएका थिए भने, ललित सेन अन्तराष्ट्रिय खेलाडि पनि हुन्। कपुरकोट गाउपालिका वडा न:३ राष्ट्रिय खेलाडि जन्माउने एउटा मुख्य वडा पनि मानिन्छ।
पाखापानी टोल बिकाश संस्था पाखापानीले भलिबलबाट प्रथम स्थानको उपाधि हात पार्न सफल भएको छ । त्यस्तैगरी दोस्रोमा कालिका टोल बिकास संस्था दमारखोला र तेस्रो स्थान लामिडाडा टोल बिकास संस्थाले हासील गरेका थिए ।
दौड प्रतियिगीता महिला तर्फ- कालिका टोल बिकास संस्था दमारखोला बाट चन्द्र कुमारी घर्तिले प्रथम स्थान हासिल गरेकी थिइन् भने दोस्रोमा लामिडाडा टोल बिकास संस्था बाट टिका डाँगी र तेस्रो स्थान फलाटे टोल बिकास संस्था बाट गरिमा शर्मा ले गरेका थिए।
दौड प्रतियिगीता पुरुष तर्फ- फलाटे टोल बिकास संस्था बाट शुवास घर्तीले प्रथम स्थान हासिल गरेका थिए भने दोस्रो स्थान लामिडाडा टोल बिकास संस्था बाट जीवन बाठा र तेस्रो स्थान कालिका टोल बिकास संस्था बाट सचिन थापाले गरेका थिए।
ब्याडमिण्टन– फलाटे टोल बिकास संस्था बाट नवराज डागीले प्रथम स्थान हासिल गरेका थिए भने दोस्रो र तेस्रो स्थानमा कालिका टोल बिकास संस्था बाट जगत र कमल घर्तीले हासिल गरेका थिए।
एकल नृत्य– कालिका टोल बिकास संस्था बाट सिम्रन आरसीले प्रथम स्थान र दोस्रो स्थान अनुजा घर्तिले हासिल गरेका थिए भने तेस्रो स्थान मुलपानी टोल बिकास संस्थाबाट सुप्रिया मल्ल ले हासिल गरेकी थिइन्।
घैटा फोड– कालिका टोल बिकास संस्था दमारखोला बाट कुलानन्द डाँगी र भाले छोप- पाखापानी टोल बिकाश संस्था बाट टिका रोका ले उपाधि पाएका थिए।
उक्त कार्यक्रम बीच उपाधि हात पार्न सफल सम्पुर्ण प्रतियोगीहरुलाई कपुरकोट गा.पा. वडा न: ३ ले प्रमाण पत्र सहित दोसल्ला ओडाएर सम्मान गरेको थियो।
दशैँ तिहारको शुभकामना
प्रकाशित मिति: २०२३-११-०४ , समय : १५:४२:४३ , ४ हप्ता अगाडि