जाजरकोटका पुर्व एमालेका सांसद कृष्ण बहादुर शाहीले गरे भुकम्प पिडितको लागि ५० हजार सहयोग

सल्यानपरिवेश संवाददाता , ८३५२  पटक हेरिएको

कार्तिक २१ जाजरकोट । गत शुक्रवार जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्ननिच्युडको भुकम्पले मानवीय र भौतिक क्षति व्यहोरेको जाजरकोटलाई समाज सेवि कृष्ण बहादुर शाहीले ५० हजार सहयोग गरेका छन् । नेपाल राष्ट्रिय बैंक जाजरकोटको शाखामा रहेको भुकम्प प्रभावित राहत कोषमा उनले ५० हजार रुपैयाँ ट्रान्सफर गरेका छन् ।

शाही जाजरकोट शिवालय गाउँपालिका – ०७ भिउसमा जन्मेका उनी राजनीतिक सँगै समाज सेवामा कार्यरत छन् । उनले पढाईमा वि.ए उतिर्ण गरेका छन् । उनले प्रकाशित कृतिहरु पनि बजारमा ल्याएका छन् ।

प्रकाशित कृतिहरु : राजी राउटे , कुशवाडिया खम्बा , मुगाल समेत ५ जातिको चिनारी उनका लेखेका कृति हुन् ।

उनले राजनीतिमा वि.सं .२०२७ साल देखि राजनीतिक यात्रा सुरु गरेका हुन् ।  उनी विं.स . २०७७ मा ने.का.पा . एमालेको केन्द्रिय परिषदको सल्लाहकार सदस्य समेत रहेका छन् ।

प्रकाशित मिति: २०२३-११-०८ , समय : १९:३७:३५ , ४ हप्ता अगाडि