मखमलीको तिहार गितमा बहिनीको पीडा

सल्यानपरिवेश संवाददाता , ७९४५  पटक हेरिएको

नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा गायिका एलिना चौहानको स्वरमा रहेको ‘मखमलीको तिहार ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा बाबू दिल बिक्रम शाहीको शब्द रहेको छ भने संगित राजु सुनामले गरेका छन् । गितको म्युजिक एरेन्जरको पाटोमा राजु सुनामले नै गरेका छन् । रेकर्डिङ बिमल छिनाल, बिनोद परियारले गरेका छन । उक्त गितलाई स्टुडियो वजनले निर्माण गरेको हो ।

मखमली फुलहरु फुलिरहेका छन् । सोही फुलहरु हेर्दै एउटा बहिनिले आफ्नो दाइभाइलाई कुरिरहेको देख्न सकिन्छ । बैनिले गित मार्फत प्रदेशमा भएका आफ्ना दाजुभाईको लागि पीडा पोखेको उक्त गितको शब्द सिर्जना भित्र छन

कति रुन्छु दाइ तिम्रै पिरले, नरोउ बैनी भन्दै तस्बिरले लगायतका शब्द समेटिएको छ ।

भिडियोमा स्वस्तिका कर्माचार्य , सुर्य नेपाली र बिक्रम सुनार फिचर्ड छन । भिडियो निर्देशन सम्पादन सुनिल विश्वकर्माले गरेका छन भिडियो राजु सुनाम अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति: २०२३-११-१२ , समय : १५:५६:३८ , २ हप्ता अगाडि