पल्सर एन र टीभीएस १६० बीच प्रतिस्पर्धा, मूल्य र बिशेषताको आधारमा कुन उत्कृष्ट ?

सल्यान परिवेश डट कम , ६८०८  पटक हेरिएको

नेपालमा पछिल्लो समय कम सीसीका मोटरसाइकलबीच प्रतिस्पर्धा बढ्दै गएको छ । सवारी बिक्रेता कम्पनीले पनि आम सर्वसाधारणलाई लक्षित गर्दै आफ्ना प्रोडक्ट ल्याइसकेका छन् ।

अहिले २०० सेग्मेन्टका मोटरसाइकल चार लाख कम मूल्यमा पाउन छोडिसकेको छ । मूल्य बढी भएकाले पनि ग्राहकहरु २०० सीसी तलकै मोटरसाइकल चढ्न रुचाउछन ।

कम लागत र कम खर्च दिने मोटरसाइकल मध्ये अहिले १५० र १६० सीसीका मोटरसाइकलबीच प्रतिस्पर्धा हुन थालेको छ । जसमा अहिले बजाज एन १६० र टिभिएस अपाचे १६० सीसी नेपाली बजारमा सर्वाधिक रुचाइएका मोटरसाइकल हुन ।

टिभिएस र बजाजबीच पछिल्लो समय रोचक प्रतिस्पर्धा छ । यी दुई मोटरसाइकल मध्ये कुन उत्कृष्ट भन्ने जानकारी हामी तपाईंलाई दिदै छौं ।

इन्जिन

अपाचे १६० स्पेशल एडिशनमा १५९ सीसी क्षमताको सिंगल सिलिण्डर, आयलकूल्ड, फ्युल इन्जेक्सन, फोर स्ट्रोक, एसओएचसी आरटीएफआई इन्जिन छ । उक्त इन्जिनले अधिकतम १७.५५ ब्रेकहर्स पावर र १४.७३ एनएमको टर्क जेनेरेट गर्छ भने बजाज पल्सन एनमा १६४.८२ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, आयल कूल्ड, एसआएचसी ट्वीन स्पार्क एफआई बीएस ६ इन्जिन छ । यो इन्जिनले अधिकतम १६ ब्रेकहर्स पावर र १४.६५ एनएमको टर्क जेनेरेट गर्छ ।

यी दुबै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फर्क सस्पेन्सन छ भने ट्युवलेस टायर ड्युल डिस्क ब्रेक र अलोय ह्वील दिइएको छ । बजाजमा भने डुवल च्यानल एबीएस छ । अपाचेमा सिंगल च्यानल एबीएस दिइएको छ । स्पोर्ट नेकेड डिजाइनमा रहेका यी मोटरसाइकमा एलइडी लाइट, डिआरएल, डिजिटल कन्सोल र मिटर दिएको छ ।

नेपाली बजारमा बजाज एन १६० को मूल्य ३ लाख ९३ हजार रुपैयाँ तोकेको छ भने अपाचे १६० फोर भि एसइको मूल्य ३ लाख ७४ हजार तोकिएको छ ।

प्रकाशित मिति: २०२३-११-१५ , समय : ०९:०६:१८ , ३ हप्ता अगाडि