Salyan Paribesh , १३६४ पटक हेरिएको

फागुन १२, सल्यान ।
एमसीसीकाे विरुद्धमा सल्यानमा तीन विद्यार्थी संगठनले आज आन्दाेलन गरेका छन् ।
विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी, माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियु सल्यानले संयुक्त रुपमा विरोध प्रदर्शन कार्यक्रम गरेका हुन् ।
एमसीसीको विरोध स्वरुप उनिहरुले जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । पुरानाे बसपार्क तर्फबाट नेपाल टेलिकमकाे कार्यालयकाे राेड हुँदै एमसीसी बिरुद्धकाे र्याली जिल्ला प्रशासनकाे परिसरमा पुगेकाे हाे ।
बिराेध प्रदर्शनकाे काेण सभालाइ सम्बाेधन गर्दै विप्लव नेतृत्वकाे नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविन पाेखरेलले याे बेला जसरी पनि एमसीसी पास गर्न नहुँने बताए । उनले अहिले एमसीसी पास गरिए भाेलीकाे पुस्ताले धिकार्ने बताए ।
– लेकाली अनलाइन
प्रकाशित मिति: २०२२-०२-२४ , समय : २०:१६:५३ , २ वर्ष अगाडि