Salyan Paribesh , १६८२ पटक हेरिएको

फागुन १३ सल्यान –
गएराति अज्ञात समुहले कालिमाटी गाउँपालिका सहित वडा कार्यालय संगै त्यस आसपासमा रहेका स्थानीय पसल,लघु वितिय संस्था र स्थानीय मन्दिरमा समेत तोडफोड गरेको छ।
गएराती पुतलीबजारमा रहेको गाउँपालिका कार्यालयका विभिन्न शाखाहरुका ढोका तोडफोड गरेर चोरी भएको अध्यक्ष दान बहादुर केसीले बताए । उनकाअनुसार लेखा शाखामा रहेको एउटा मनिटर चोरी भएको छ भने कार्यालयमा जडान गरिएको सिसि टिभी पनि तोडफोड गरिएको छ ।
त्यस्तै पालिका नजिकै रहेको जाल्पा सामुदायिक लघुबित्तबाट ३ लाख १७ हजार रुपैयाँ पनि चोरी भएको उन्को भनाइ छ ।
त्यस्तै पुतलिबजारमै रहेको स्थानीयको एउटा पसलबाट १८ हजार नगत चोरी भएको छ । अर्का एक जनाको घरमा समेत ढोका खोलेर कराइमा राखेको दुध समेत खाएर सामानहरु फालिएको छ ।
नजिकैको दुइवटा मन्दिरमा पनि तोडफोड गरि दान पेटिका फुटालिएको छ । तर दान पेटिकामा रहेको पैसा केहिदिन अघि मन्दिर समितिले राखिसकेकोले यहाँ चोरी हुनबाट जोगिएको अध्यक्ष केसीले बताए ।
पालिकाको कार्यालय नजिकै रहेको ३ नम्बर वडा कार्यालय पनि तोडफोड गरिएको छ । वडा कार्यालय तोडफोड हुँदा राती स्थानीहरुले देखेपछि चोरहरु भागेका थिए । ५/६ जनाको समुहमा रहेका चोरहरु राती भएकाले स्थानीयहरुले चिन्न नसकेको बताए ।
प्रकाशित मिति: २०२२-०२-२५ , समय : ०७:४८:१४ , २ वर्ष अगाडि