Salyan Paribesh , ८१४ पटक हेरिएको

रोल्पा/ फाल्गुन १४ – बुद्धिमान ओली
नेकपा माओवादी केन्द्र माडी २ घर्तिगाउँको आयोजनामा जनयुद्धका सहिद परिवारलाई अभिनन्दन कार्यक्रम घर्तिगाउँमा सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र माडी गाउँपालिका २ नम्बर अध्यक्ष लिला बहादुर घर्तिमगरको अध्यक्षता एवम् माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा स्थानीय सरकार उप प्रमुख धनिकला घर्ती बुढामगरको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्रका माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगर(मित्रमनी) को विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा माओवादी केन्द्र माडी गाउँपालिका उपाध्यक्ष ललित घर्तिमगर (सुदिप),गाउँ कमिटी सदस्यहरु,सहिद परिवारहरुलगाएतको उपस्थिति रहेको थियो कार्यक्रममा ११ जना सहिद परिवारलाई सम्मान गरिएको थियो । जनयुद्धको क्रममा वडा नम्बर २ का माओवादीको तर्फबाट ८ जना सहिद भएका थिए ।
नेकपा माओवादी केन्द्र माडी २ घर्तिगाउँका उपाध्यक्ष मधु सुधन बुढामगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन सचिव लालबिर घर्तिमगरले गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२२-०२-२६ , समय : १०:३२:३३ , १ वर्ष अगाडि