Salyan Paribesh , ६१४ पटक हेरिएको

१ माघ/ कोरोना संक्रमण रोकथाम गर्न दाङमा मेला सञ्चालनमा रोक लगाए पनि स्थानिय प्रशासन कार्यान्वयन गर्न भने असफल देखिएको छ । कोरोनाको तेस्रो भेरियन्ट तिब्रगतीमा फैलिरहेको भन्दै कोरोना संकट व्यवस्थापन केन्द्रको बिहिबार बसेको बैठकले दाङमा मेला महोत्सव तथा राजनितिक भेलाहरुलाई पूर्णरुपमा रोक लगाउने निर्णय गरेको थियो ।
तर माघिको अबसरमा आज जिल्लाका बाह्रकुुने र रिहारमा भव्य मेला लागेको छ । ति स्थानमा हजारौँ नागरिकहरु पुुगेका छन् । दर्शनार्थी र मेलाभर्न गएकाहरुलाई सुुरक्षाकर्मीहरुले फर्काउन सकेनन् भने नागरिकहरुको अटेरी पनि व्यापक नै देखिएको छ।
भिडभाड नगर्ने र मेला महोत्सवहरु नलगाउने भन्ने सूचना पाए पनि नागरिकहरुले भने त्यसको बेवास्ता गरेका छन् । सुरक्षाकर्मीहरुले मेला भर्न जानेहरुलाई रोक्ने प्रयास गरे पनि असफल भएका छन् ।
भिडभाडकै कारण कोरोनाको संक्रमण बढ्दै गएको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउदै आएका छन् । मेलामा पुुगेकाहरुको भौतिक दूरी कायम नगर्ने र मास्क नलगाउने थुुप्रै रहेका थिए ।
प्रकाशित मिति: २०२२-०१-१५ , समय : १७:१२:५१ , २ वर्ष अगाडि