Salyan Paribesh , ९८७ पटक हेरिएको

काठमाडौ
१५ फागुन/ अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन भएको छ । १२ बुँदे व्याख्यात्मक घोषणासहति आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले एमसीसी अनुमोदन गरेको हो । प्रतिनिधिसभाको ध्वनि मतबाट एमसीसी अनुमोदन गरेको हो ।
एमाले सांसदहरुको नाराबाजी चलिरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावलाई सभामुख अग्नि सापकोटाले निर्णाथ प्रस्तुत गरे । ध्वनि मतबाटै अनुमोदन भएको छ ।
प्रकाशित मिति: २०२२-०२-२७ , समय : १७:३७:४४ , १ वर्ष अगाडि