लाक्पा कुमारी शेर्पा को कथा : फेसबुकको प्रेम – भाग : २ हेर्नुहोस “भिडियो” सहित

Salyan Paribesh , ६२१  पटक हेरिएको

फोटो हेरेकै भरमा नचिनेको मान्छेको यादमा खै किन हराउदै थिए थाहा थिएन । तर नदेखेरै गरेको प्रेम निस्वार्थ हुन्छ भन्ने कुरामा म विस्वस्त थिए । बेलुका मान्छे र गाडिको जाम छिचोल्दै घर पुगे । अनि फ्रेस हुन बाथरुम तर्फ लागे । आमाले खाजा बनाएर राखिदिनु भएको रहेछ । अलि कति लिएर कोठामै खाने सोचेर कोठा गएर फोन
हेर्न थाले । अब भने मलाई कसैको आश लाग्न थालिसकेको थियो । प्रकाशको म्यासेज आएको रहेछ
मैले नबोलाए सम्म बोल्ने बानी छैन साच्चै बिर्सेको हो ? कामले गर्दा बोल्ने समय त्यति छैन सम्झना त आइरहेको
छ नि यति भनेर म्यासेजको रिप्लाई गरे अब भने आँखा त्यही प्राप्तीको म्यासेज बक्समा पुग्यो ।

म्यासेज देख्ने बितिकै खुसी लाग्यो उसले लेखेकी थिइ । के काम छ भन्नू भएको ? ए बाबा हो एकै चोटि कामको बारेमा सोध्ने कस्तो मतलबि केटि हो आफ्नै मनलाई अनुत्तरित प्रश्न गरे ।उ अफलाइन भइ सकेकी थिइन बेलुका त कसो अनलाइन नआउली र भन्ने सोचेर म्यासेजको रिप्लाई सम्म नगरी फोन कोठामा छोडेर किचन तर्फ लागे ।

आमा खाना बनाउदै हुनुहुन्थ्यो । एकै छिन आमालाइ काम सघाए बाबा अझै घर आउनु भएको थिएन ।
खाना खाइ सक्ने बितिकै उ अनलाइन छ कि छैन भन्ने कुराले मनमा डेरा जमाइ सकेको थियो । कोठा पुग्ने बितिकै फोन हेरे । फेरि उसैको म्यासेज आएको रहेछ । एउटा कुरा भन्नू छ भनेर आफै नबोल्ने मान्छे को हो ?

उसको म्यासेज पढेर रिसाइ होला भन्ने लाग्यो । हुन त उस्को मनमा पनि खुल्दुली हुनुपर्छ अब मैले के कुरा भनेर
बोल्ने बाहना बनाउ ? केही नभनौ बोल्ने बहाना चाहिएको छ । भनौ त खै के भन्ने ? एकै छिन सोच्न बाध्य बनायो।
ए सुन्नु न मैले रेकोइस्ट पठाएको थिए एसेप्ट गर्नुहोला भन्न मन थियो । यति लेखेर म्यासेज पठाए । उताबाट तुरुन्तै म्यासेज आयो । कसैको रिकोइस्ट एसेप्ट गर्नलाई अनलाइन आएको हैन । उस्को म्यासेज पढेर म के बोल्नु केही लेख्न आएन । केटिहरु रिसाएकै राम्रो तर रिसाएको बेला के भनेर फकाउदा राम्रो हुन्छ त्यो हामी केटाहरुले जानी राख्नु पर्ने कुरा हो ।

तर प्राय केटिहरु मनमा माया र इज्जत राखेरै रिसाउछन । राम्री मान्छे रिसाउदा झन राम्रो देखिन्छ बरु भिडियो कल गरेर हेर्नूपर्ला भनेर म्यासेज पठाए । उताबाट हासेको स्टिकर पठाएर रिप्लाई पठाइ। सायद मेरो कुराले कुनै प्रभाव परेन क्यारे । अनि फेरि टाइप गरे तपाईको घर कहाँ हो नि ? म्यासेज पठाउने बितिकै हेरिहाली । टाइपिङ निकै बेर सम्म देखाइ रहेको थियो । मेरो घर धरान सुन्सरीको इटहरीबाट करिब २० किलोमिटर उतर तर्फ घन्टा घर नजिकै पर्छ। अनि तिम्रो घर कहाँ हो ? आफ्नो घरको परिचय निक्कै लामो पठाइ । अन्तिममा तिम्रो भन्दा
अलिक नराम्रो लाग्यो खै किन हो ।

मैले तपाई भनेर बोलाएपछी आफुले पनि तपाई भन्दा भैगो नि । हामी केटाहरुलाइ कुनै पनि केटिले तिमी भन्दा कस्तो कस्तो प्राय सबैलाइ हुन्छ । मलाई पनि त्यस्तै भयो । तर त्यो कुरालाई कुनै प्रबाह नगरी घर पोखरा हो भन्ने कुरा म्यासेजबाट नै बताए । उस्ले घर उतै पोखरा हो ? भनेर सोधी । मैले उम भनेर छोटो जबाफ दिए । अब के बोलुम भएर आयो । केही नबोली बसे । उतैबाट सोधी अनि के काम गर्नु हुन्छ ? मैले पढाइ सगै अफिसमा सानो काम गर्छु अनि तिमी के गर्छौ ? मैले पनि उसले गरेको प्रश्न जस्ताको त्यस्तै गरि रहेको थिए ।

किन कि मलाई उस्को बारेमा बुझ्नु थियो ।उस्ले म त बखर +2 मा भर्ना गरेकी अब कलेज लाग्न केही दिन बाकी छ एति भनेर म्यासेज गरि । राम्रोसग पढनु होला भनेर छोटो म्यासेज पठाए ।निकै बेर सम्म एक अर्कालाइ म्यासेज गरेनौं । अनि तिम्रो नाम पनि भन्छौ कि ? उताबाट उसैले प्रश्न गरि । भन्न मन थियो यत्रो फेसबुकमा हुदाहुदै बिश्वास नभए झै किन सोधेको होला । तर उस्ले पठाएको एक एक शब्द मलाई प्यारो लागि रहेको थियो ।

अनि मेरो नाम सन्देश साप्कोटा भनेर म्यासेज गरे । सायद उ मलाई सताउने मुडमा हुदि हो या बिश्वास नभएर हो उसैलाई थाहा होला । रातको दश बज्न लागेको थियो । म सधै टाइमटेबल बनाएर सुत्ने आज उस्को म्यासेज बाहेक केही कुरामा ध्यान थिएन । अब सुतम है म्यासेजको घन्टी बज्यो हेरि हाले ।
म्यासेज टाइप गरे एकै छिन बोलिदेउन सानू … तर सुरु दिनमै यसरी जिद्दी गरेर आफुलाइ कस्तो छु भनेर चिनाउन चाहिन । त्यसैले म्यासेज डिलेट गरेर निन्द्रा लाग्यो र ? रोएको स्टिकर सगै म्यासेज पठाए । समयमै सुत्नु पर्छ आफैलाइ राम्रो हुन्छ बिहान उठन गार्हो होला ।म त सुत्छु । बाइ भनेर म्यासेज पठाइ ।

सुझाबको लागि धन्यवाद। अनि एउटा कुरा भन्छु ल टाइप गरेर सेन्ट गरे। उस्ले भनी के कुरा हो ?
मैले रिप्लाई गरे , के म तिम्रो साथी बन्न सक्छु ? उताबाट पठाइ साथी नभएको भए यत्रो बेर बोल्थे र ? उसले पनि मलाई साथी जस्तै ठानी सकिछे भनेर खुशी लाग्यो । त्यसो भए साथी भनेर बोलाउछु ल ? यति भनेर म्यासेज सेन्ट गरे । ए हुन्छ अब म सुत्छु तिमी पनि सुत्नु बाइ सुभसपनी भनेर उ अफलाइन भइ । मलाई अझै बोल्न मन थियो । रातको एघार बजिसकेको भएपनी फेरि उस्को फेसबुक प्रोफाइल हेरे ।

प्रत्येक तस्बिर सगैको स्टाटसले मन झस्कायो । उस्को लेखाइले उ दुखी छ भन्ने कुरा प्रष्ट थियो । सबै फोटोमा लब रियाक्ट गर्दै गए । यतिकैमा निदाएछु । बिहान उठदा आठ बजिसकेको थियो फेसबुक खोले प्राप्तिको म्यासेज आएको रहेछ मैले पनि सुभदिन भनेर बाहिर निस्किए । अफिस छिट्टै नहिडे जामले पुग्नै गार्हो पर्थ्यो । त्यसैले खाना खाइसक्ने बितिकै अफिस तर्फ लागे । दिनहरु खुसिले भरिदै आएको जस्तो महसुस हुन थालेको थियोे ।

मन भने नागबेली जस्तै अनि सर्प जस्तै गुडुल्किएको मानौ। बाहिर निस्किने बाताबरण नमिलेको जस्तो भइरहेको थियो । घर अफिस बाहेक अन्त ननिस्किएको धेरै भएको थियो म बाहिर हिड्नु परे प्रकाशलाई साथी लिएर मात्र हिड्थे । प्रकाश गाउँ गएपछी म एक्लो भएकोले प्रकाशलाई फोन गरेर छिटो पोखरा फर्की भनेर फोन काटे । केही दिनमा समय मिलाएर छिट्टै फर्किन्छु भनेपछी उसैको प्रतीक्षामा बसे ।

बेलुका अफिसबाट घर फर्केपछी फोन हेर्न थाले । प्राप्तीको म्यासेज हाइ भनेर आएको रहेछ । साथी सन्चै छौ धेरै सम्झेको छु एस्तै भनेर लबवाला स्टिकर सगै म्यासेज सेन्ट गरे। उ अनलाइन मै थिइ । फोन लिएर किचन तिर हिडे बाबा पनि अफिसबाट भर्खर आउनु भएको रहेछ । आमाले चिया टेबलमा राखिदिनु भयो । चिया टिपेर केही नबोली घरको छतमा गएर वरिपरि हेर्दै बसि रहे । सबैको घरमा साझको बत्ती बाली सकेका थिए । कसैका घर देखि खानाको बास्ना पालैपालो नाक भित्र पस्दै थियो । म छिमेकीको घरको दृश्य हेरिरहेको थिए ।

यतिकैमा प्राप्तिको म्यासेज आयो । म ठिक छु अनि तिमिलाइ कस्तो छ ? उस्को म्यासेज अलिक ढिलो आयो सायद खाना बनाउदै थिइन क्यारे ! म्यासेज देख्ने बितिकै भन्न मन थियो ।मलाई झै तिमिलाइ पनि याद आयो कि आएन भनेर ……

तर हामी बिच असल साथिको नाता बाहेक अरु कुनै सम्बन्ध थिएन । बस उस्ले साथी सोचेकी थिइ अनि मैले माया …..म पनि ठिकै छु यति भनेर म्यासेज पठाए । फेरि उस्ले घर कति बेला आउनु भयो भनेर प्रश्न गरि । तर मलाई उस्को बोली सुन्न मन थियोे फोन गर्छु भन्ने आट आएन अनि केही नबोली बसे । फेरि म्यासेज आयो किन नबोल्नु भएको ब्यस्त हुनुहुन्छ होला है ? समय भए पछि बोल्दा पनि हुन्छ भनेर म्यासेज पठाइ ।

मैले हुन्छ भनेर कुरा टुङ्ग्याउने अबस्थामा थिइन । सुनन मेरो तरकारी काट्दा हात काटेको थियो म्यासेज टाइप गर्न कति गार्हो भएको छ बरु कल गर्छु नि है । उस्को बोली सुन्ने बाहनाले हात काटेको नाटक गरेर म्यासेजको रिप्लाई गरे । उस्ले मेरो कुरालाइ सहजै स्वीकार गरिन अनि हतार हतार फोन गरे । एकै रिङमा फोन उठयो ।
मैले हेलो भने उताबाट हजुर भनी । मलाई गुलियो चिया पनि फिक्का लाग्यो । कति मीठो आवाज थियो ।
आज म शब्दमा बयान गर्न सक्दिन ।अनि म एकछिन केही नबोली बसे ।

उसले फोन गरेर नबोली बस्न पनि आउँछ? यति भन्दा म झसङ्ग भए। मैले हजुर भने ….फेरि उताबाट “आम्मा हो बोल्न पनि कति गार्हो परेको होला ” फोन राखुम भनेर उस्ले एक्कासि रिसाएर भनी । मैले हास्दै भने नाइ नाइ किन फोन राख्नु र ? मैले सुनी रहेको छु नि । उमंगले भरिएको आवाजमा जबाफ दिए । ल ल ठिकै छ अनि हात कति काटयो ? ध्यान कता थियो कुन्नी । मायाको भाबले प्रश्न सोधी । अलि कति मात्रै हो तर धेरै दुखेको छ
ध्यान दिएरै गर्दै थिए अचानक काटयो । अब मेरो के दोष ? झुटलाइ पनि साचो झै गरेर भने ।

धन्न फोटो पठाउ हेर्छु चाही भनिन । भन्छे होला भन्ने सोचेको थिए । तर भनिन त्यसैमा खुसी लाग्यो । ” आफ्नो ख्याल राख्नु होला आफू भए पो सबै थोक हुन्छ भन्ने प्रतिक्रिया जनाइ । मैले पनि हुन्छ भने । त्यसै बखत सोधे अनि तिम्रो घरमा कोको छौ ? उस्ले सानो स्वरमा आमा र म मात्रै भनी । उस्ले सोहि प्रश्न म माथी गरि । मैले पनि ए …ए …. मेरो घरमा ममि बाबा अनि दाइ तर दाइ बिबाह पछि काठमाडौ मा काम गर्दै उतै बस्दै आउनु भएको छ ।

अनि मैले तिम्रो बाबा हुनुहुन्न ? सोधिहाले । उ झन भावुक भइ ” म सानै हुदा बाबाले अर्को श्रीमती लिएर घर नै छोडेर खै कता जानू भएको रे ” यति भनेर उ चुप बसि । मैले उसलाइ बिगतको कुरा निकालेर दुखी बनाउन चाहिन त्यसैले कुरा अन्तै मोड्दै भने.. साथी भइ सकेपछी फोन नम्बर पनि दिन मिल्छ कि ? उस्ले हुन्छ ।अहिले म्यासेज गरिदिन्छु भनी । मैले हस भनेर छोटो जबाफ दिए ।

मलाई उ प्रती झन झन माया र इज्जत बढन थालिसकेको थियो । उस्ले फेरि पनि मेरो घर सोधी । सायद पहिले भनेको भुलेकी हुदि हो । उम मेरो घर पोखराबाट 10 किलोमीटर पुर्ब तर्फ पर्छ तालचोक भनेर चिनिन्छ । मैले हास्दै भने । ए भनेर उ नबोली बसि । म आफैले फेरि सोधे । एति राम्रो के खादा हुन्छ हो ? उस्ले हास्दै भनी ऎनामा हेरेर आफैलाइ भन्नू हुन्छ कि क्या हो ? होइन मैले तिमिलाइ सोधेको भनन ।

हिहि गफाडी भनेर कुरा टारी दिई । उ खाना बनाउन जान्छु भन्दै थिइ मैले पहिलेबाट नै उ भन्दा अलिक पर कुकरको आवाज जोड जोडले बजेको मज्जाले सुनिरहेको थिए । मैले पनि भने हुन्छ मीठो बनाउनु ल म पनि
आउछु भन्दै फोन काटे । झन्डै रात परि सकेको थियो । आमाले खाना खान बोलाउदै हुनुहुन्थ्यो । फोन कोठामै छोडे अनि फ्रेस भएर किचन तर्फ लागे । खाना खाइसक्ने बितिकै कोठा पुगे । अफिसको काम धेरै थियो ।

काम सक्दा लगभग रातको दस बज्न लागेको थियो । अनि फेसबुक खोलेर प्राप्तिको म्यासेज बक्स खोले । उस्ले आफ्नो फोन नम्बर पठाएकी रहेछ । धन्यवाद भनेर रिप्लाई गरे । उ अफलाइन थिइ अन आएपछी बोलाउछे भन्ने थियो । होम पेजमा गएर अगाडि आएको सबै फोटो हेर्दै लाइक गर्दै थिए । थाहा नपाइ निदाएछु । भोलि पल्ट बिहानै उठेर नुहाउन बाथरुम तिर लागे । फ्रेस भएर सदाझै मंग्लवार गणेश भगवान लाई अगरबति बाल्दै पुजा गर्न तिर लागे ।

घरको पुर्ब पट्टि एक छेउमा गणेशको मुर्ती राखेर पुजा गर्ने गरेका थियौ । आज आफैले पुजा गर्दै गर्दा आमाले ढोकाबाट हेरेर हास्दै हुनुहुन्थ्यो । एकछिन पछि फर्केर हेर्दा आमा गइ सक्नु भएको रहेछ । अनि अगाडी भएको गणेश भगवानलाई भने । ए भगवान मलाई यति दिन सम्म उसग किन भेटाएनौ ? जे होस उस्को कोहि अरु केटा नहोस है भगवान …..

सायद मैले आफ्नै सुरमा जोड्ले भनेछु क्यारे । आमाले किचन बाट बोलाउनु भयो … छोरा … दुई पटक छोरा भनेर बोलाउदा पनि नबोले पछि संदेश भनेर बोलाउनु भयो । हजुर भन्दै किचन तिर गए । ढोकामा उभिएर किन आमा भने । कोसग बोलेको यतिका ठुलो स्वरमा ? मैले डराउदै भने किन र के सुन्नु भयो? उल्टै प्रश्न सोधे ।
बोल्दै थिस अगाडि गाडिको आवाजले राम्ररि सुन्न पाइन । खै केके भन्दै गरेको सुने।

कोसग बोलेको भन्दा म के भनौ भनौ भए । अघि सम्म रिसाएर गाली गरेको भगवानलाई धन्यवाद दिए ।
धन्न सुन्नु भएन रहेछ खुसी लाग्यो । गाउबाट प्रकाशले फोन गरेको रहेछ बोल्दै थिए भनेर झुट बोले ।
मान्छे प्रेममा परेपछी झुट बोल्न थाल्छन भन्ने सुनेको थिए । आज आफ्नै आमालाइ पहिलो पटक झुट बोल्दै थिए । आफ्नै पुत्रबाट छलिनु पर्ने हजारौ आमाबुबा होलान । त्यो हजारौमा एक म पनि थिए ।

म फेरि कोठा पुगेर फोन हेर्न थाले । मलाई अब भने एक छिन फोन नहेरी बस्नै नसक्ने स्थितिमा पुगेको थिए । फोन भित्र प्राप्ती थिइ । उसैको म्यासेज कलको प्रतीक्षा दिन प्रती दिन बढदै थियो ।त्यसैले फेसबुक खोले तर म्यासेज थिएन उ बेलुका देखि अनलाइन थिइन मन खल्लो भएर आयो । नौ बज्न लागेकोले अफिस जाने बेला भैसकेको थियो । घरमा वाइफाइ थियो । म अनलाइन घरमा हुदा मात्र आउने गरेको थिए । अब भने मलाई घरीघरी फेसबुक हेरि रहने लद बसि सकेको थियो । उ सग नबोले पनि यादले मनमा डेरा जमाइ सकेको थियो ।

बेलुका छिट्टै गरेर घर फर्किए । घरको गेट बाटै फोनमा वाइफाइ कनेक्टिङ भयो । अनि म्यासेजको घण्टी बज्न थाल्यो फोन हेर्न मन हतारी सकेकोले म्यासेज हेर्न थाले । धेरै जनाको म्यासेज थियो । अरुको म्यासेज छोडेर प्राप्ती साक्यको म्यासेज खोलेर हेरे ।

लेखेकी थिइ ” आज दिन भरी म्यासेज पर्खेर बसे यतिका बेर भइसक्यो फोन पनि गर्नु छैन ”
सायद उ मेरै प्रतीक्षामा थिइन । मैले उस्को लेखाइ बाट नै बुझे । मैले जति याद तिमिले गरेनौ होला । भनेर म्यासेजको रिप्लाई गरे । उ अनलाइन मै थिइ । अनि प्रकाशको म्यासेज खोले । प्रकाशसग छुटेको छ महिना भैइसकेको थियो । उ भोलि पोखरा आउदै छु भनेर म्यासेज पठाएको रहेछ ।

उ अनलाइनमा नभएकोले आउदा कल गर भनेर म्यासेज छोडी दिए । उ आउने भएकोले मन अलिक खुसी भयो । यतिकैमा प्राप्तीको म्यासेज आयो हिजो नम्बर दिए जस्तो लाग्छ। फोन पनि नगर्ने भए नम्बर किन मागेको होला ? रिसाएको इमोजी सगै म्यासेज पठाइ । मैले झुट नबोली फोनमा रिचार्ज नभएको कुरा बताए । केही बेर पछि रिचार्जको नम्बर सहित लेखेकि थिइ । रिचार्ज पठाएको छु खुरुक्क भोलीबाट जसरी पनि फोन गर्नु भनेर आदेशको साथ म्यासेज पठाइ। उस्ले पनि मलाई माया गर्छे कि साथीले गर्नु पर्ने कर्तव्य पूरा गरेकी हो। मैले बुझ्नै सकेको थिइन

एकछिनमा फोन गर्छु भनेर फोन कोठामै छोडेर बाहिर निस्किए । असोजको महिना बेला बेला पानी परि रहेको हुन्थियो । आज पनि पानी पर्ने निश्चितै थियो । छ्तमा सुकाएको कपडा उठाउने सोचले छत तिर गए । रुम आएर प्राप्तीलाई फोन गर्न मन लाग्यो । उ अझै अन मै थिइ । मैले केही बेरमा फोन गर्छु भनेकोले पर्खेकि हुदि हो । एस्तै सोचेर फोन गरे । उस्ले फोन एकै रिङमा उठाइ ” हेलो संदेश जि “सुमधुर आवाजमा बोली । उस्को बोली सुनेर खुसी लाग्यो ।आजभोलि मलाई आफ्नै नाम पनि प्यारो लागि रहेको थियो।

मैले पनि भने हेलो के गर्दै छौ ? खाना बनाउन लागेको । अनि तिमी के गर्दै छौ ? अफिसबाट कति बेला आयौ ?
मैले भर्खर आए अनि तिमिलाइ म्यासेज गरे । भनेर जबाफ दिए । ए अनि परिवारमा कस्तो छ ? भनेर सोधी।
उस्ले मेरो जति चिन्ता मेरो परिवारको पनि गर्ने गर्थी । मैले सबैलाई ठिक छ भने । त्यसो भए पछि कल गर्छु भनेर फोन काट्न लागेकी थिइ । भन्न मन थियो । एकै छिन भए पनि बोलिदेउन सानू । तर मैले भन्नै सकिन ।

एक छिन बोल्दा हुन्थियोकी भने । मेरो डाटा सकिन लाग्यो पछि बोल्छु भन्दै थिइ। अनि वाइफाइ छैन र ? सोधिहाले पल्लो घरसग मिलेर चलाउथे तर पछि खै किन हो । पासवड नै फेरेपछी सोधी रहन मन लागेन । त्यसैले डाटा बाटै चलाउछु । यस्तै भन्दा भन्दै फोन काटियो । अनि म पनि किचन तर्फ लागे । खाना खादै गर्दा प्रकाशको म्यासेजले झस्कायो ।

अनि फोन गरे,, प्रकाश काठमाडौ आउछु भन्दै थियो । मैले पोखरा नै बोलाए । तर उ आउने मन भए पनि समय छैन भनेर दुखेसो पोख्दै थियो । अनि मैले काठमाडौ आफै आउछु भने । भोलि पल्ट दिउँसो अफिसबाट नै प्रकाशलाई फोन गरे । उ भर्खर काठमाडौ आइपुगेको बतायो । म पनि भोलि काठमाडौ आउने कुरा निश्चिति गरे । प्राप्ती लाई फोन गर्न मन थियो । तर अफिसमा बोल्ने बाताबरण थिएन । अनि बेलुका अफिसबाट फर्किदा फोन गरे ,, बोल्दा बोल्दै घर पुगे । बेलुका अनलाइनमा बोल्छु भन्दै थिइ । मैले हस हुन्छ भनेर फोन राखे ।

घर पुगेर केही समय पछि फोन आयो होला प्राप्तीको भन्ने सोचे तर प्रकाशको रहेछ । फोन उठाएर हेलो …
प्रकाश ….उताबाट सानो स्वरमा के गर्दै छस भन्यो । बसिरहेको छु अनि त के गर्दै छस ? भर्खर काठमाडौ आइपुगे भोलि काठमाडौ आइज है उस्ले अनुनय बिनय गर्दै थियो । समय मिलाए आउँछु भने ।

बेलुका छिट्टै खाना खाएर प्राप्तीलाई म्यासेज गरे । मलाई प्राप्तीको माया झन बढ्दै थियो । तर उस्ले मलाई एउटा असल साथी मात्र सोचेकी थिइ । तर मैले यो पटक आनाकानी नगरी उस्लाइ भिडियो कल गरे । फोन उठनु भन्दा अगाडि नै ऎना हेरेर कपाल सम्म मिलाउन भ्याइ सकेको थिए । बल्ल बल्ल फोन उठयो तर उस्ले सुरुमै क्यामेरा हातले छोपेर केही नबोली बसि ।

उस्ले मलाई सजिलै देखिरहेकि थिइ । अनि भनी कति राम्रो रहेछौ तिमी त !
मैले हास्दै भने आफ्नो चही अनुहार देखाउन हुदैन हो ? मेरो आवाज अलिक चर्को भएछ क्यारे । कति रिसाउन आको होला भन्दै आफ्नो हात हटाएर चन्द्रमा झै चम्किलो अनुहार देखाइ । बतिको प्रकाशले हो या उस्को रुप नै त्यस्तो मलाई हेरि रहन मन लाग्यो ।

मैले केही नबोली हेरि रहे । लगभग एक मिनेट पछि उस्ले फोन काट्दा झसङ्ग भए । अनि म्यासेजमा भने ।
किन फोन काटेकी ? उस्ले हासेको इमोजी पठाइ । मैले फेरि फोन गरे । तर उस्ले उठाइन ।
फेरि म्यासेज गरे। के भयो? उस्ले आमा आउनु भयो भनेर बाहना बनाइ । त्यो मलाई प्रष्ट थाहा थियो ।

अनि मैले भोलि काठमाडौ जानू छ भनेर म्यासेज बाटै जानकारी गराए । उसको म्यासेज “राम्रो सग जानू सुभयात्रा सगै गुटनाइट ” भनेर आयो । मलाई भने अझै बोल्न मन थियो ।तर उ अफलाइन भैइ हालिन ।
भोलि पल्ट बिहानै अफिसको म्यानेजरलाई फोन गरेर केही दिन छुट्टी मागे धन्न समय मिलाएर छिट्टै आउनु भन्दै बिदा दियो ।

दाइ काठमाडौमै हुनुहुन्थ्यो त्यसैले प्रकाशसगै दाइलाइ पनि भेट्छु भनेर काठमाडौ तर्फ हिडे । आमाले दाइलाइ भनेर दाइको लागि उहालाइ मन पर्ने खाना बनाएर पठाउनु भएको रहेछ । काठमाडौ पुगेर हेर्दा थाहा पाए । दाइ नया बानेश्वर नजिकै बस्नु हुन्थियो । म सरासर दाइको रुम तिर लागे। भाउजुलाइ देख्न साथ नमस्ते गरे । भाउजुले मलाई आफ्नै भाइ जस्तै गर्नु हुन्थ्यो । अनि मैले आफ्नै दिदि……

मलाई देख्न साथ भाउजुको अनुहारमा खुसिको चमकले भरिएको थियो । मैले सोधिहाले । भाउजू दाइ खै त ? भाउजुले काममा जानू भएको छ भने पछि आमाले पठाउनु भएको सामान भाउजुको हातमा राखिदिए । आमा र भाउजुको सम्बन्ध पहिले बाट नै राम्रो थिएन । त्यसकारण दाइ भाउजू घर छोडेर काठमाडौ बस्दै आउनु भएको थियो।

हामी छोरा मान्छेलाई कति गार्हो हुन्छ ।
बिबाह पछि जन्म दिने आमाबुबालाई समेत पराइ ब्याहार गर्न बाध्य भइन्छ । श्रीमतीको कुरा सुनौ आमा बुबालाइ नबुझेको जस्तो । आमाबुबाको कुरा सुन्यो श्रीमतीलाई माया र ख्याल नगरे जस्तो ।
सन्सारमा कमै पुरुषले आफ्नो श्रीमती र आमाबुबालाइ रिझाउन सक्छ ।

दाइले पनि आमाबुबाको वास्ता नगरी भाउजुलाइ लिएर यता आउनु भएको पनि बर्ष बित्न लागेको थियो । आमाले पठाउनु भएको सामान भाउजुले केही नबोली नजिकैको टेबलमा राख्नु भयो। मैले आफै सोधे । नया नौलो खबर के छ भाउजू ? ठिकै छ बाबु ! छोटो जबाफ दिनु भयो ।

फेरि आफै बोल्नु भयो बाबू ! म त अभागी रहेछु । न त घरकोलाइ बुझाउन सके । न त माइत …
भाउजुको आखामा आँसु प्रस्ट देखिन्थ्यो मैले जिज्ञासु बन्दै सोधे । अनि भाउजू माइतमा अझै बोलाउनु भएको छैन र नाइ छैन बाबू ! आज सम्म कुनै सम्पर्कमा आएका छैनन । सारै याद आउँछ । यति भनेर बायाँ पटि फर्किएर पछेउरीले आँसु पुस्नु भयो ।

मेरो मन पनि कता कता दुख्यो। म बाहिर निस्किएर भाउजुलाइ आँसु पुस्नको लागि माहोल सहज बनाइ दिए । हामी छेत्री समुदाय अनि भाउजू राई सामुदायमा जन्मिएता पनि मान्छे सबै एउटै हो भन्ने सोच्थे । तर परिवारले बुझेका थिएनन् । समाज पनि उस्तै अबुझ बनेका थिए ।

सायद भाउजू अन्तरजातिय भएर होला यतिका समय सम्म पनि दुबै पक्ष ले बुझ्न सकेका थिएनन् यो सब देख्दा समाज र आफ्नै परिवार देखि रिस उठेर आउथ्यो ।भाउजुले चिया टेबलमा राख्दै भन्नु भयो बाबू ! भोक लाग्यो होला दाइ पनि आउन लाग्नु भयो दुबै जनालाइ खाजा बनाउछु बस्दै गर्नु है । मैले हुन्छ भने

चिया पिउदै कोठाको वरिपरि नियाले यो सानो कोठामा आफ्नो प्रेम भनेर महल बनाउनु भएको थियो । हिजोको दिनहरुमा दाइ र म झगडा गर्दै खेलेको घर सम्झिए । कुनै दिन त्यही घरमा सजिलै दाइ अट्नु भएको,,,,,, तर भाउजू आउन साथै खै किन अट्न सकेन ।

आफ्नै बुबाआमालाइ बुझाउन नसकेको म आफैलाइ घृणा लागेर आयो । दाइ र भाउजुको फोटो ठूलो बनाएर भितामा टागिएको थियो । त्यो फोटोले प्राप्तीको याद आयो अनि फोन गरे तर फोन उठेन । अनि आइ मिस यु भनेर म्यासेज पठाए । बेलुका भइ सकेको थियो केही बेरमा दाइ पनि आउनु भयो । करिब दस महिना पछि उहालाई देख्दा दया पलाएर आयो

दाइ पहिला भन्दा अलिक दुब्लाउनु भएको थियो ।भाउजू खाना बनाउन ब्यस्त हुनुहुन्थ्यो । खाना खानु अघि दाइले मासु र बियर मेरो अगाडी राख्नु भयो मलाई बियर पिउने मन थिएन । तर महिनौ पछि भेट भएको दाजु भाइ दुख सुख साट्ने सारथि नै त्यही रक्सी बन्यो ।

मलाई रक्सीको मात चड्दै थियो । अनि दाइ बिगतको कुरालाई लिएर रुन थाल्नु भयो । रक्सीले हो या बिगतले , जे होस पिडाहरु मनबाट निकाल्ने बाताबरण त्यही दिन मिल्यो क्यारे !
बिहे भएको केही दिनमै घर छोडेर हिन्नु भएको मेरो दाइले भाउजुकै लागि छोड्नु भएको थियो उहाले भाउजुलाइ असाध्यै माया गर्नु हुन्छ । त्यो म सजिलै अनुमान लगाउन सक्छु । नभए त आफुले माया गरेको मान्छेलाइ खुसी दिन्छु भनेर आफुसगै लानु हुन्न थियो होला ।

रक्सीले होला मलाई खाना खान मन नै थिएन दाइभाउजुको अगाडि केही नलागेर अलिकति खाना खाए। सुत्नु भन्दा पहिला प्रकाशलाई भेट्न आउछु भनेर म्यासेज छोडे । यतिकैमा निदाएछु । बिहान उठदा टाउको दुखेछ । अनि फ्रेस भए त्यसपछि कफि पिएर प्रकाशलाई भेट्न जोरपाटी तर्फ लागे । जाँदै गर्दा प्राप्तिलाइ फोन गरे ।

उताबाट “बिर्सेको होला अब ” सुरिलो स्वरमा आवाज आयो । होइन प्राप्ती मैले आफैलाइ भुल्छु होला तर तिमिलाइ कहिले भुल्दिन । भनेर सान्त्वना दिदै भने । गफ गर्दा गर्दै प्रकाश भए ठाउँमा पुगे । प्रकाशले मलाई देख्ने बितिकै जोड्ले अङगालो मार्यो । ” यहाँ सम्म आइस धन्यवाद यार ”

मैले उस्को कुराको मतलब नराखी भोक लाग्यो भने ।
उस्ले सिधै कोठा लिएर गयो । मेरो लागि पनि खाना उसैले बनाएको रहेछ दुबै जनाले खायौं । बेलुका दाइकै रुममा फर्किन्छु भनेर निस्किएको थिए । अनि प्रकाशलाई भने म छिटै गरेर फर्किनु पर्नेछ साची तं किन पोखरा आइनस ? अनि उल्टै काठमाडौ बोलाउनुको कारण के हो ? उ दुखी बन्दै थियो । अनि फोन हातमा खेलाउदै भन्यो । दुई बर्ष सम्म तंसग पढे । तं जस्तो मिल्ने साथी कोहि पाइन । खुशी छु म …तर मलाई परिस्थितिले टाढा लादै छ ।

जति पढे पनि नेपालको हालत झन झन नाजुक बन्दै गएको देख्छु । म त बिदेश जाने सबै प्रोसेस मिलाइ सके । अब केही दिनमा फ्लाइट हुन्छ भनेका छन । प्रकाशको यो सब सुन्दा म केही बोल्न सकिन । यहि आफ्नै देशमा केही गर्नु पर्छ ,, पढेको छस काम पाइहाल्छ्स नि । भनेर रोक्न खोजे उ फेरि बोल्यो ।

यहाँ काम पाएर गरे पनि बचत गर्नै सकिदैन घरको ऋणले सिमा नाघी सक्यो । आमा बुबाको दुख देख्न सक्दिन यार ,भाइबहिनीको पढाइ सगै बिहेको चिन्ता लाग्छ । उ बोल्दा बोल्दै रुन थाल्यो । मैले धेरै कुराहरुको उदाहरण दिएर उसलाई मन भुलाउन असम्भवलाई पनि सम्भब झै गरेर भने । हुन त जिबनमा भन्नू र गर्नुमा धेरै फरक छ । त्यही पनि म उसलाई दुखी भएको हेर्न सक्दिन थिए ।

उ सगै दुखी हुनु भन्दा उस्लाइ खुसी पार्न आशावादी कुराहरु गरेर उ सग छुटिए ।
उस्को दुख देख्दा म आफुलाइ भाग्यमानी महसुस गरे । दुखमा हुर्किएको मान्छेले सब थोक बुझ्न र पिडाहरुमा मुस्कुराउन सक्छ । तर मलाई दुख के हो ? बिछोड के हो ? आज सम्म महसुस गरेको थिइन भलै दुखको छायाले सम्म छोएको थिएन ।

एक घन्टा पछि दाइको कोठा पुगे । डाटा प्याक तानेर अनलाइन आए । प्राप्तीलाई हरियो बत्तिले अनलाइन भएको जनायो । म्यासेज गरि हाले । उताबाट उसैले फोन गरि । बोल्दा बोल्दै यस्तो गफाडीलाई कसम नजिकै बाट हेर्न मन छ । उस्ले यति भन्न साथ,, मैले फोन काटेर,, दाइलाइ अफिसको काम पर्यो भनेर नाइटको गाडिमा घर जान्छु भन्दै धरान जाने गाडी चडेर धरान तिर लागे ….

भिडियो हेर्न र सुन्नको लागी तल क्लिक गर्नुस

प्रकाशित मिति: २०२२-०२-२७ , समय : १८:४२:१२ , १ वर्ष अगाडि