Salyan Paribesh , २३० पटक हेरिएको

फागुन १६, सल्यान ।
सल्यानको दमाचौरमा तेस्रो वडा अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ ।
छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ स्तरीय तेस्रो वडा अध्यक्ष कप प्रतियोगिता सोमबारदेखि सुरु भएको हो । प्रतियोगिता ३ दिनसम्म संचालन हुने अध्यक्ष नेव बहादुर शाहले बताए ।
वडा अध्यक्ष नेब बहादुर शाहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको स्वागत मन्तव्य सदस्य युवराज न्यौपानेले राखेका थिए भने संचालन गीता अधिकारीले गरेकी थिइन् ।
– लेकाली अनलाइन
प्रकाशित मिति: २०२२-०३-०१ , समय : १७:२९:१२ , ११ महिना अगाडि