दिपा कुमारी वली ज्यु को कबिता, नारी हामी सृषकमा

Salyan Paribesh , ५४३  पटक हेरिएको

नारी हामी

औशिको कहाली लाग्दो अन्धकार रात मात्र होइन नारी हामी।
पर्भातकालिन सुर्यको उशाकिरण झै अस्ताउन सक्नु पर्छ।।
बिडम्बना बिषमपति बिखन्डनको प्रतिध्वनी मात्र होइन नारी हामी।
तोते बोलिको प्रारम्भ संगै सद्भभाबना अनि सदगुण फैलाउन सक्नु पर्छ।।

उजाड लाग्दो असभ्य मरुभुमी मात्र होइन नारी हामी।
बसन्तको सौन्दर्य सु-आगमन फाँट बनाउन सक्नुपर्छ।।
हुरि बतास हुस्सु र कुहिरोको कालो पर्दा मात्र होइन नारी हामी।
शिक्षाको ज्योती नयन मा बाली बिस्वमा फस्टाउन सक्नु पर्छ।।

शिशिर ऋतुमा कठाङरियको पन्क्षी मात्र होइन नारी हामी।
शिशिर सिरेटो भित्र आफ्ना कदम नरोकी क्षीतिजमा देखाउन सक्नु पर्छ।।
बनजङ्गलमा कठाङ्ग्री हिद्ने पन्क्षी मात्र होइन नारी हामी।
बषन्तको बहार आगमन भैरहेको साचो यथार्थलाइ बुझ्न सक्नुपर्छ।।

अबिच्छलित भइ लक्ष्यहिन हुने मात्र होइन नारी हामी ।
पहाड फोर्ने-हिमाल चढने- सागर तर्ने दृढ आँट लिन सक्नुपर्छ।
बिच पथमै तेर्सिने अबरोधका पर्खालहरु मात्र होइन नारी हामी।

पुक्कारीदै बिषका उपहार लियर आउने काला नाग र गोमनहरु चिन्न सक्नुपर्छ।।
नाङ्गो र मग्न्ते रुपको निन्दा मात्र होइन नारी हामी।
विशाल समुन्द्र बनी सधै आफ्नो सिमामा बाधिन सक्नुपर्छ।।

सदाचारी बच्चा जन्माउने मेशिन मात्र होइन नारी हामी।
जुनको दाग मेटाउन सक्ने गुनि रश्मि हुन सक्नुपर्छ।।

मनोरन्जनका भिल्ल साधन मात्र होइन नारी हामी।
अनुग्राही देशमा मणिको बाहुल्यता झै हामी पनि बाहुल्यता हुन सक्नुपर्छ।।

जंगल जस्तै अब्यबस्थित अस्तब्यस्त जनावर झै होइन नारी हामी।
अन्धकारको कालो पर्दा सजिलै चिर्न सक्नुपर्छ।।

बिषमता र बिपन्न मात्र होइन नारी हामी।

मध्यरातको कालो विशाल र निरब फाँटमा आफ्नो ब्यथा करुणा ध्वनिमा गुन्जाउन सक्नुपर्छ।।

अन्तसकरणमा मा उजाकृत शब्द ज्वालामुखी झै फुटाउने मात्र होइन नारी हामी।
दारुण-भयाबह-दयनिय-पददलित -अपमानित दुर्भाग्यपुर्ण जिबनलाइ समान्ता ल्याउन सक्नुपर्छ।।

अँध्यारो संसार मात्र होइन नारी हामी।
पारिजात झै काडाबिच संघर्ष गरि फुल फुलाउन
सक्नुपर्छ।।
कठिनाइले बोली फुटाउने मात्र होइन नारी हामी।
बिरहको बलिदान भयको ठाँउमा आदम्य छाती खोल्न
सक्नुपर्छ।।
लाचारी निशलता कायरता र छुद्रता मात्र होइन नारी हामी।
छाती फ़ुकाउदै हजारौ छुद्रतालाइ कुल्चिदै देशको निम्ति मर्न सक्नुपर्छ
हिजोका मौनता उमानन्द घृणितअनि भिखारी मात्र होइन नारी हामी।
प्रभातकालीन सुर्यको उशाकीरण झैँ सत्यतालाई चिर्न सक्नु पर्छ

लेखक: दिपा कुमारी वली
प्र.अ. श्री गायत्री प्रा.बि त्रिबेणी ५ ढोरचौर सल्यान

भिडियो

प्रकाशित मिति: २०२२-०१-१६ , समय : ०७:४९:३८ , १ वर्ष अगाडि