Salyan Paribesh , १७०९ पटक हेरिएको

नायक पल शाह र एक गायिका प्रकरणमा नायिकाहरुले आ आफ्नो धारणा राख्न थालेका छन् । पललाई रिहसतमा लिएर प्रहरीले अनुसनधान थालेका बेला नायिका विनीता बरालले पनि आफ्नो धारणा राखेकी छिन् । सामाजिक सञ्जालमा विनिताले लेखेकी छिन् म पनि दुइ सन्तानको आमा बन्ने तयारीमा रहेकी छु ।
प्रश्न गर्दै उनले छोरीहरूलाई कसरी बचाउने तर्क राखेकी छिन् । उनले लेखेकी छिन् ललाई – फकाई गर्ने छोरो मान्छेको नजरबाट आफ्ना छोरीहरूलाई कसरी बचाउने , ‘म पनि सधैँ उस्तै त्रासमा बाँच्ने दुई वटा छोरीहरूकी आमा हुँदै छु ।
कसरी जोगाउने यी नानीहरूलाई ? कस्तो शिक्षा दिए आफूलाई बचाउन सक्नेछन् र कुन क्षेत्रमा कर्म गर्न पठाए आफूलाई जतनसँग राख्न सक्लान् र हाल उनी अमेरिकामा छिन् । यसअघि नायिका रेखा थापा र ऋचा शर्माले पनि यस विषयमा आ आफ्नो धारणा राखिसकेका छन् ।
सोही विषयमा पल तनहुँ प्रहरीको हिरासतमा छन्। यो विषय अदालतमा जाने देखिएको छ। यसबीचमा मानिसहरुले समिक्षा, दुर्गेस थापाले पललाई फसाउन खोजेको आ,रोप लागिरहेको छ।
यस्तोमा रेखा थापाले किशोरीलाई नैतिक मापदण्ड र हिलो छ्याप्ने काम नगर्न आग्रह गरेकी छिन्। उनी घुमाउरो पारामा भन्छिन्,‘२० बर्ष मुनिका छोरीहरु बालिका हुन्, बालिकाले कानुनत सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन्। समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो, को सँग लभ छ? कति पटक यौ’न सं’प’र्क भयो? यस्ता नैतीकताबादी कुराको कानुनलाई मतलब हुनु हुँदैन।
समाजको आडम्बर त कुरा गरी साध्य छैन। केटी मान्छे भने पछि दुनियाँ भरी कतै नभएका नैतीक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा ब्याप्त छ।’ नायक पल शाहको समर्थनमा अहिले मानिसहरु उर्लिन थालेका छन । पल शाह तनहुँ प्रहरीको हिरा,सतमा गएपछी तनहुँ जिप्रकामा पलका शुभचिन्तक र सन्चार्कर्मीको बाक्लो उपस्तिथी रहेको छ ।
प्रकाशित मिति: २०२२-०३-०२ , समय : १९:१८:५२ , २ वर्ष अगाडि