बिगत ४ दिन देखिहराएका मेवालाल नेपालि कपुरकोट गा.पा-३ भकमको कोत्ले भिरमा मृत अबस्थामा फेला

Salyan Paribesh , २०८२  पटक हेरिएको

कपुरकोट/फागुन-२१-तुला राम डाँगी क्षेत्रि
कपुरकोट गा पा ३ भकम स्थित डिल ब नेपालिका बुवा मेवालाल नेपालि १८ गते दिउसो घर देखि निस्किएको र उक्त दिन देखि बेपत्ता रहेका मेवा लाल नेपालीको आज फाल्गुन २१ गते शनिबार बिहानै कपुरकोट गा.पा.३ भकमको कोत्ले भिरमा लडिरहेको अबस्थामा मृत फेला परेका छन्।

१८ गते देखि सम्पर्क बिहिन भएपछी मेवा लालको खोज तलासको लागि गाउले लगायत घरका सदस्य हरु जादा जुत्ता र एउटा कोट फेला पारेका थिए। तत्काल कपुरकोट गा.पा. प्रहरी चौकीमा निबेदन पनि दीएको र कोट अनि जुत्ता फेला पारेको स्थान लगायत अन्य ठाउ पनि प्रहरी टोलि सहित गाउबाशि हरुले खोजि कार्य गरेको र फेला पार्न नसकेको जानकारी गीता नेपालि ले सल्यान परिवेश लाइ दिइन ।

गीता नेपालीको भनाइ अनुसार घटना एकदमै रहस्यमय छ। नियमित हिड्ने बाटो भन्दा धेरै माथिको छाँगामा लाश छ अनि जुत्ता र कोट घटना स्थल भन्दा धेरै तल छ यो कसरि हुन सक्छ ? यस घटना लाइ प्रहरीले कडा रुपमा छानबिन गर्नु पर्छ,।

प्रकाशित मिति: २०२२-०३-०५ , समय : ०९:३७:१७ , १ वर्ष अगाडि