Salyan Paribesh , ६८७ पटक हेरिएको

काठमाडौं ।
चलचित्र ‘श्री’ ले युट्युबमा चर्चा बटुल्दै गएको छ। ओ एस आर डिजिटल मार्फत सार्बनिक गरिएको चलचित्र सबिता गुरुङ फिल्मस बाट निर्माण गरिएको हो। कोरोना महामारीको बेला निर्माण तथा प्रदर्शन भएको एक मात्र ऐतिहासिक चलचित्रलाइ दर्शकहरुको माया बड्दो छ।
एभरेष्ट सूर्य बोहराको कथा तथा निर्देशन रहेको यो चलचित्रमा सन्दीप क्षेत्री र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् । त्यस्तै, बुद्धि तामाङ, बसुन्धरा भुसाल, राजाराम पौडेल, रविन्द्र झा, भोला सापकोटा, सबिता गुरुङ लगायतका कलाकारहरुको अभिनय छ । लकडाउनका कारण एउटै घरमा थुनिएका पात्रहरुको कथामा यो चलचित्र बनेको हो । सविता गुरुङ निर्माता, श्री पराजुली र सिन्धु पौडेल गौतम कार्यकारी निर्माता रहेको चलचित्रलाई छोटो समयमा खिचिएको हो ।
शेरबहादुर तामाङको छायांकन रहेको चलचित्रमा सुजन बडालको सम्पादन छ । चलचित्र युट्युबमा सार्वजनिक भएसँगै शीर्ष भूमिकामा रहेका सन्दीपले यस चलचित्रलाई आफ्नो कलाकारिता जीवनको एक अभिन्न उपलब्धि रहेको बताएका छन् ।
क्षेत्रीले भनेका छन्, ‘यो चलचित्र मेरो कलाकारित जिवनको एक अभिन्न उपलब्धि हो । कृपया हेरिदिनुहुन मनैदेखि अनुरोध गर्दछु ।’ चलचित्रलाई सार्वजनिक भएको छोटो समयमै राम्रो भ्युज मिलेको छ । चलचित्रको भ्युज तिव्र गतिमा बढिरहेको छ ।
हेर्नुहोस चलचित्र :
प्रकाशित मिति: २०२२-०३-०६ , समय : १५:५२:०६ , १ वर्ष अगाडि